Breaking

Sunday, June 11, 2017

कतार नाकाबन्दी: इरानी विमानबाट खाद्यान्न


क्षेत्रीय नाकाबन्दीका कारण अभाव बेहोरीरहेको कतारका लागि इरानले पाँचवटा विमान खाद्यान्न पठाएको छ।

इरानको मुख्य विरोधी साउदी अरेबिया सहित केही मुलुकहरुले कतारसँग सम्बन्ध तोडेका छन्।

कतारले आतंकवादलाई सहयोग पुर्याएको उनीहरुको आरोप छ, जुन कतारले अस्वीकार गर्दै आएको छ।

कतारमा आउने खाद्यान्नको चालीस प्रतिशत उसको जमिन जोडिएको छिमेकी साउदी अरेबियाबाट आउँथ्यो।

'माग भएसम्म'

इरान एअरका प्रवक्ता शारोख नुशाबदीले समाचारसंस्था एएफपीलाई आइतबार भने, "अहिलेसम्म पाँचवटा विमानभरी फलफुल र तरकारी पठाएका छौं अर्को विमान पनि पठाउँछौं।"

ती प्रवक्ताले कतारमा माग भएसम्म सामान पठाउने बताए।

यसैबीच कतारमा रहेका साउदी अरेबिया, बहराइन र युएइका नागरिकलाई कतार छोड्न नभनिने कतारले जनाएको छ।

तर कतारको विरोध गरेका ती देशहरुले सबै कतारी नागरिकहरुलाई १४ दिन भित्र आफ्नो देश छोड्न भनेका थिए। source: BBC