Breaking

Tuesday, May 30, 2017

चर्चित पाइलट मानिनु हुने कैलासले भोजपुर जिल्लामा पहिलो पटक हेलीबाट गाडी पुर्याउनु भएको थियो


काठमाडौं : बाजुरामा भएको सेनाको विमान दुर्घटनामा ज्यान गुमाएका नेपाली सेनाका पाइलट कैलास गुरुङ भोजपुरमा पहिलो पटक गाडी पुर्‍याउने एतिहासिक पाइलट हुनुहुन्थ्यो।

नेपाली सेनाभित्र चर्चित पाइलट मानिनु हुने कैलासले भोजपुर जिल्लामा पहिलो पटक हेलीबाट गाडी पुर्याउनु भएको थियो। रुक्माङगद कटवाल प्रधान सेनापति भएको समयमा गुरुङले आफ्नो जिल्लामा हेलीबाट पहिलो पटक गाडी पुर्याउनु भएको हो।

नेपाली सेनाको विमानका चालक कैलास महासेनानी हुनुहुन्थ्यो। पाइलट कैलासलाई नजिकबाट चिन्ने अजम्बर राई काङमाङका अनुसार भोजपुरको साविकको छिनामखु गाविस हाल टेम्के मैयुङ गाउँपालिका वडा नं. २ मा जन्मिनु भएका गुरुङ साहित्य र सिर्जनामा समेत सक्रिय हुनुहुन्थ्यो। उहाँका केही गीति एल्बम समेत सार्वजनिक भएका छन्।

गुरुङले विद्यालय शिक्षा भोजपुरकै अन्नपूर्ण मावि (अहिले उच्चमावि) बाट लिनुभएको थियो। उहाँले अन्नपूर्ण माविबाटै २०४३ सालमा एसएलसी उत्र्तिण गर्नु भएको थियो। त्यसपछि भने प्राविधिक शिक्षा आर्जन गर्दै उहाँ नेपाली सेनामा प्रवेश गर्नुभएको थियो।