Breaking

Sunday, May 28, 2017

भिजिट भिसामा युएई पुगेका १० नेपाली अलपत्र


काठमाडौं, जेठ १४– भिजिट भिसामा युएई पुगेका १० जना नेपाली अलपत्र परेका छन् । भिजिट भिसामा लगेपनि म्यानपावर कम्पनीले रोजगारी दिलाउने बताएपछि उनीहरु चर्को शुल्क तिरेर त्यहाँ पुगेका थिए ।

उनीहरुलाई काठमाडौंको क्यापिटल रिक्रुटमेन्ट सर्भिस प्रालिले त्यहाँ पुर्‍याएको हो । म्यानपावरकी निर्देशक निता गौतमले आफ्नो म्यानपावरबाट उनीहरु त्यहाँ पुगेको स्वीकार्दै काम मिलाउन कोसिस गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘हाम्रो सम्पर्क कार्यालय त्यहाँपनि छ उनीहरुले काम मिलाउने कोसिस गरिरहेका छन् ।’

झण्डै दुई महिना पहिले उनीहरु सुरक्षा गार्डको काममा प्रतिव्यक्ति दुई लाख भन्दा बढि रकम तिरेर दुवई पुगेका थिए । तर अहिले सम्म काम नपाएको गुनासो गरेका छन् । म्यानपावर कम्पनीले भने काम नपाएसम्म मासिक साढेपाँच हजार रुपैयाँ (२ सय रियाल) दिइरहेको जनाएको छ ।

यसरी भिजिट भिसामा गएर अलपत्र पर्नेमा दिपक पुन मगर, गुना अधिकारी, मनोज, पृथ्वी रेग्मी, सुरेश जिसी, रेखबहादुर केसी, कुशल कार्की, रमेश खड्का, कुलबहादुर मगर र सुरेश रहेका त्यहीँ कार्यरत नेपालीले जानकारी गराएका छन्