धादिङ : धादिङको निलकण्ठ १० भकारेमा बस दुर्घटना हुँदा तीन जनाको निधन भएको छ । घटनामा अन्य २० जना भन्दा बढी यात्रु घाइते भएका छन् ।
जिल्ला सदरमुकाम धादिङबेसीबाट ग्रामीण भेग खहरे जाँदै गरेको बस धादिङको निलकण्ठ नगरपालिका वडा नं. १० भकारेमा दुर्घटना भएको हो ।
ग १ ख ३८०५ नम्बरको बस भकारे भन्ने ठाउँको घुम्तीबाट करिब दुई सय मिटर तल जंगलमा खसेको घटनास्थलबाट नवराज पाठकले जानकारी दिनुभयो ।
दुर्घटना स्थलमा स्थानीयले घाइतेको उद्धार गरिरहेका छन् । धादिङबेसीबाट प्रहरी र एम्वुलेन्ससहितको टोली उद्धारको लागि घटनास्थलतर्फ जाँदैछ ।
घटना अप्ठयारो ठाउँमा भएको र रात परेकाले उद्धार गर्न कनिठाई भइरहेको समाचार प्राप्त भएको छ । घटनाबारे विस्तृत आउन बाँकी छ ।
प्रतिकृया दिनुहोस
Sunday, May 28, 2017
धादिङमा बस दुर्घटना, तीनको निधन, २० घाइते
Tags
# News
Nepali Music Video
We Publice Nepali News for the People.
News
Labels:
News
