काठमाडौँ । तत्कालीन तराई–मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री एवम् मुस्लिम विभागका प्रमुख समिम मियाँ अन्सारीसहित विभिन्न पार्टीका नेता कार्यकर्ता आज नेकपा (एमाले) मा प्रवेश गरेका छन्छ । आज यहाँ आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालले उनीहरुलाई पार्टी प्रवेश गराएकाछन् ।
कार्यक्रममा अध्यक्ष ओलीले अब मुलुकको नेतृत्व गर्ने शक्ति नै आफ्नो पार्टी भएकाले दोस्रो चरणको स्थानीय निर्वाचनमा पनि पहिलो पार्टी बनाउने बताउनुभयो । उनले आफूहरुले दुई चरणमा निर्वाचन नगर्न र मुस्लिमहरुको रमजान पर्वलाई असर पर्ने गरी जेठ ३१ मा निर्वाचन नराख्न माग गरे पनि सरकारले नमानेकाले अव तयारी सुरु भइसकेकाले निर्वाचन नसार्न माग गरेका छन् ।
नेता नेपालले एमालेको नेतृत्वमा सरकार हुँदा अन्य पार्टीले भन्दा बढी मुस्लिमको हित र सुरक्षाका लागि बजेट र कार्यक्रम ल्याएको बताए ।पार्टी प्रवेश गर्नेहरुमा नेकपा (माओवादी केन्द्र) का काठमाडौँ जिल्ला सचिव कामरुद्दिन मियाँ, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) काभ्रेका नेता आइके लामा, नेपाली काँग्रेस उदयपुरका कार्यकर्ता नारद कार्कीलगायत छन्
Saturday, May 27, 2017
विभिन्न पार्टीका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश, अध्यक्ष ओलीले गरे स्वागत
Tags
# News
Nepali Music Video
We Publice Nepali News for the People.
News
Labels:
News
