काठमाडौं / सरकारले आउँदो जेठ ३१ गते गर्ने भनिएको दोस्रो चरणको स्थानीय तह निर्वाचन असार ९ गते शुक्रबारका दिन गर्ने गरी नयाँ मिति तय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो चरणको निर्वाचनमा असहमति राख्दै सहभागी नहुने दलहरूलाई समेत दोस्रो चरणको निर्वाचनमा सहभागी गराउन असार ९ गतेको मिति तय गरिएको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए।’
खासगरी मुस्लिम समुदायको पवित्र रमजान चाडलाई ध्यानमा राख्दै असार ९ गते दोस्रो चरणको निर्वाचन गर्ने भनिएको छ, त्यो प्रस्तावलाई छलफलका लागि व्यवस्थापिका–संसद्मा लगिँदैछ’, सरकारका प्रवक्तासमेत रहेका कार्कीले भने। त्यसैगरी, मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०७४-७५ को आयव्यय विवरण (बजेट)लाई पनि पारित गरेको छ।
Monday, May 29, 2017
दोस्रो चरणको निर्वाचन ९ असारमा
Tags
# News
Nepali Music Video
We Publice Nepali News for the People.
News
Labels:
News
