Breaking

Saturday, May 27, 2017

काठमाडौं महानगरमा एमाले विजयी

काठमाडौँ : काठमाडौँ महानगरपालिकाको प्रमुखमा नेकपा एमाले विजयी भएको छ । एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले भारी मतले विजय हाशिल गर्नुभएको हो ।

शाक्यले आफ्ना प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीभन्दा १८ हजार बढी मतले काठमाडौं महानगरपालिकाको मेयर पदमा निर्वाचित हुनुभएको हो ।

यद्यपि, अन्तिम परिणाम सार्वजनिक गरिएको छैन् । केही बेरमा औपचारिक घोषणा गरेर मात्रै मत परिणाम सार्वजनिक गरिने काठमाडौँ महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।