Breaking

Saturday, May 27, 2017

भरतपुर महानगरमा प्रचण्ड पुत्री रेणु र देवी ज्ञवालीको महाभिडन्त : मत अन्तर हजारमा झर्‍यो


काठमाडौं : चितवनको भरतपुर महानगरको नतिजा आउनै लाग्दा मेयर उम्मेदवारको प्रतिस्पर्धा उत्सुकत्तापूर्ण बन्दै गएको छ । ८ हजार ५ सय ३० मत गर्न बाँकी हुँदा कांग्रेस र माओवादी गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहाल भन्दा एमालेका मेयर उम्मेदवार देवी ज्ञवाली हजार ९ मतले मात्र अगाडि छन् ।

निर्वाचन आयोगले दिएको पछिल्लो मतपरिणाम अनुसार देवी ज्ञवालीले ४० हजार १ सय ६७ मत ल्याएका छन् भने रेणु दाहालले ३९ हजार १ सय ५८ मत ल्याएकी छिन् ।
निर्वाचन आयोगका अनुसार अब दुई वडा मात्र मतगणना गर्न बाँकी छ ।