अवसर थियो काठमाडौंका नवनियुक्त मेयर विद्यासुन्दर शाक्यको शपथग्रहणको । कार्यक्रम तय गरिएको थियो राष्ट्रिय सभा गृहमा । विद्यासुन्दर शाक्यको शपथ ग्रहणमा विवेकशील नेपाली पार्टीको रञ्जु दर्शना समेत त्यहाँ पुगिन ।
स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाबाट मेयरका प्रत्यासी २८ जनामध्य त्यहाँ अरु २६ जना कसैको अनुहार देखिएन । तर,त्यही शपथ ग्रहण समारोहमा झुल्किएकी थिईन रञ्जु दर्शना ।
उनी पनि विद्यासुन्दर भन्दा कम्ति खुसी देखिनन् । उसो त रञ्जु यस अगाडि पनि गत सोमवार काठमाडौं उपत्याकाबाट मेयरका रुपमा विद्यासुन्दर विजय भए पछि उनी राष्ट्रिय सभा गृह पुगिन र विद्यासुन्दरलाई बधाई दिएकी थिईन ।
स्थानीय तहको निर्वाचन अगाडि रञ्जु केपी ओलीप्रति रक्षात्मक र प्रचण्ड देउवा प्रति आलोचनात्मक हुँदै कडा शव्दमा आलोचना गरे पछि उनी आलोचित समेत भइन । सामाजिक सञ्जालहरुमा रञ्जुलाई कांग्रेस माओवादीको भोट काट्न एमालेले उठाएको भन्ने आरोप समेत लाग्यो । तर रञ्जु यस्को सशक्त प्रतिकार गर्दै यी सबै भ्रामक विषयबस्तु मात्र भएको टिप्पणी गर्छिन । उनले प्रष्टाँउदै भनेकी छिन ‘ मलाई कतिले एमालेले उठाएको भन्ने आरोप लाग्यो ।
मत काट्न उठाइएको आरोप लाग्यो । मत कसैको पेवा होइन । मत नकाट्ने काम आफै गर्नुस । एमालेसँग विवेकशीलको कुनै रिलेसनसीप छैन ।’ रञ्जुले विवेकशील पार्टी डेमोक्रेटिभ विचारधारा बोकेर चल्ने पार्टी भएको समेत स्पष्ट पारेकी छिन ।