Breaking

Saturday, May 27, 2017

आज कति छ रिंगिट, रियाल, दिरहम र दिनारको कति ?


काठमाडौं, जेठ १४-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार मलेसियन रिंगिटको खरिद दर २४ रुपैंयाँ ९ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ २३ पैसा छ । कुनै समयमा ३० रुपैैंया भन्दा माथि रहेको रिंगिट घटेर २३ मा झरिसकेको थियो । रिंगिटको भाउ विस्तारै बढेपछि यसले ठूलो संख्यामा मलेसियामा कार्यरत नेपालीलाई केहि राहत दिने देखिएको छ ।

यसैगरी कतारी रियालको खरिदर २८ रुपैंयाँ २४ पैसा र विक्रि दर २८ रुपैंयाँ ४० पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ छ भनें विक्रि दर २८ रुपैंयाँ १६ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ४२ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ५८ पैसा रहेको छ ।

यसैगरी कुवेती दिनारको खरिददर ३३८ रुपैंया ७२ पैसा छ भनें विक्रि दर ३४० रुपैंयाँ ७० पैसा छ । बहराइन दिनारको खरिददर २७२ रुपैंयाँ ६३ पैसा छ भनें विक्रि दर २७४ रुपैंयाँ २२ पैसा छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।