काठमाडौं – गोमा एयरको कार्गो विमान लुक्ला विमानस्थलमा दुर्घटना भएको छ । विमान अवतरणका क्रममा रुखमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा विमान चालक र सहचालक घाइते भएको खबर छ । सोलुखुम्बुको लुक्ला बिमानस्थलमा दुर्घटना भएको गोमा एयरको कार्गो विमानका पाइलटद्धयको अझै उद्धार हुन सकेको छैन। पाइलटद्धय पारस कुमार राई र को पाइलट सिर्जन मानन्धरलाई अझै उद्धार गर्न नसकिएको खबर प्राप्त भएको छ । दुर्घटनाग्रस्त विमानमा रहेका पाइलटहरु चेपिएको अवस्थामा रहेको हुन सक्ने संका गरिएको छ । बिमानमा रहेका परिचारिकालाई काठमाडौ ल्याउने तयारी भइरहेको छ । ‘बिमान लुक्ला बिमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो । बिमानमा तीन जना रहेका थिए । एक जना पाइलट,एक जना को पाइलट र एकजना एयर होस्टेज रहेका थिए ।