Breaking

Saturday, May 27, 2017

गोसाइकुण्डमा डुबेर महिलाको मृत्यु


नुवाकोट: प्रसिद्ध गोसाइकुण्डमा गंगादशहरा मेला भर्ने क्रममा एक महिलाको गोसाइकुण्डमा डुवेर मृत्यु भएको छ।
रसुवाको गाउँपालिका वडा नं. ५ मा रहेको गोसाइँकुण्डमा स्नान गर्ने क्रममा डुबुल्की मार्दा एक महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

गंगादशहरा मेला भर्न गोसाइकुण्ड पुगेकी काठमाडौको चन्द्रागिरी नगरपालिका वडा नं. १२ नैकापकी ३५ वर्षीया रोजिना कार्कीको कुण्डमा स्नान गर्ने क्रममा विहान ज्यान गएको रसुवाका प्रहरी नायव उपरिक्षक फणिन्द्र प्रसाईले बताउनुभयो। घटनाका सम्वन्धमा थप अनुसन्धान भइरहेको उहाँको भनाई छ।

गोसाइकुण्डमा डुवेर कार्कीको मृत्युको जानकारी लगत्तै सदरमुकाम धुन्चेवाट नेपाली सेना र नेपाल प्रहरीको टोली उद्धारको सामग्री सहित गोसाइकुण्ड गएको छ। गोसाइकुण्ड गाउँपालिका वडा नं. ५ मा रहेको गोसाइँकुण्ड समुन्द्रीसतहदेखि ४ हजार ३ सय ८० मिटरको उचाईमा रहेको छ।