क्वालालम्पुर, जेठ १३-
घर फर्किने टिकट काट्ने रकमको अभावमा मलेसियाको जोहोरबारुमा रहेको घरफिर्ति केन्द्रमा अलपत्र अवस्थामा बसिरहेका ५९ जना नेपालीलाई मलेसिया स्थीत नेपाली दूतावासले स्वदेश फर्काएको छ । दूतावासका अनुसार उनीहरुलाई गत जेठ ११ गते नेपाल फर्काइको हो ।
दूतावासले एक विज्ञप्ती जारी गर्दै नेपाली दूतावासको पहल र प्रयासमा पेकेनेनास जोहोरबारु घरफिर्ति केन्द्रबाट हवाई टिकटको खर्च व्यहोर्न नसकी अलपत्र परेका ५९ जनाको उद्धार गरिएको जानकारी दिएको हो । दूतावासको टोलीले गत मे ९ तारिखमा पेकेनेनास जोहोरबारु घरफिर्ति केन्द्रमा रहेका नेपालीलार्ई उद्धार गर्ने उद्धेश्यले भेटघाट गरेको जनाइएको छ ।
दूतावासले अलपत्र परेका नेपालीलाई घर फिर्ता पठाउने अभियान निरन्तर जारी रहने जनाएको छ ।
Friday, May 26, 2017
मलेसियाबाट ५९ जना नेपालीलाई स्वदेश फर्काइयो
Tags
# News
Nepali Music Video
We Publice Nepali News for the People.
News
Labels:
News
