Breaking

Friday, May 26, 2017

बेलायतमा गोर्खालीहरुको घरमा चोरी गर्दै हिड्ने पक्राउ



बेलायतमा नेपालीहरुको बाहुल्यता रहेको अल्डरसट, रिडिङ, स्विन्डन, आश्फोड र फक्सटन लगायतका स्थानमा चोरीका घटनाहरु बढ्न थालेका छन् । तिनै मध्येको एक नेपाली समुदायको बसोवास क्षेत्र हरेको केन्ट फोक्सटनस्थित दोस्रो गोर्खा रेजिमेन्टमा कार्यरत डोभर निवासी गुरुङ्ग परिवारको घर फुटाई सुन तथा बहुमूल्य वस्तु चोरी गर्न लाग्दा चोरहरु असफल भएका छन् ।

चोरी हुने क्रम बढदो रहेपनि बेलायतका प्रहरीले यस्ता घटनाप्रति लामो प्रक्रिया हुने भएकोले तत्कालै क्षेतिपुर्ति पिडितले नपाईरहेको गुनासो गरिरहेका छन् । स्रोतका अनुसार घटनामा विदेशी नागरिक रहेपनि मुख्य सुराकी नेपाली नागरिककै संलग्नता रहेको केहि गोर्खा सैनिकहरुले जानकारी दिएका छन् ।

गत महिनामात्र अल्डरसट, स्विन्डन, आश्फोड र फोक्स्टमा बसोवास गरेका नेपालीहरुको घरबाट करोडौंको सम्पत्ति लुटिएको बताइएको छ ।

म नखुलाउने सर्तमा गोर्खा बटालियनमा कार्यरत एक सिनियर नन् कमिसनर अफिसरले भने ‘मुख्य योजनाकार सुराकी पूर्व गोर्खा सैनिकहरुनै रहेको र एक जना गत साल समातिएर बेलायती जेलमा जेल जीवन विताईरहेका छन् ।

गत साता मात्र अल्डरसट निवासी बर्ष २६ को मनिष शाहिलाई अल्डरसट प्रहरी वृतले चोरी गरिरहेको अवस्थामा पक्राउ गरी हिरासतमा राखेको प्रहरी वृतले जनाएको छ । खुँखार चोरको उपमा पाएका मनिष केहि बर्ष अघि नेपालबाट स्नातकको अध्ययन गर्न बेलायत आएका थिए । मनिषले आवसीय भिषा पाईसकेकी एक गोर्खा परिवारको छोरीसँग विवाह गरेपनि उनको व्यावहार वाहिर आउन थालेपछि ससुरालीले गलत्याएर ससुराली घरबाट निकालिएको अल्डरसट निवासी सनद गुरुङ्गले जानकारी दिएका छन् ।

डोभर समुदायमा राम्रो सम्बन्ध भएका कारण सुन चोरको सपना असफल भएको डोभर निवासीहरुले दावि गरेका छन् । उनिहरुले भने ‘हामी दिन र रातमा डोभर समुदायमा धराप थाप्न सुरुवात गरिसक्यौ र केहि त्यस्ता शंकापुर्ण कार्य कसैले देखेको खण्डमा समुदायका जो कोहिले संन्जालमा जानकारी गराईहाल्छौ ।’