Breaking

Saturday, May 27, 2017

लुक्लामा विमान दुर्घटना : सहचालकको पनि मृत्यु


काठमाडौं, जेठ १४ – लुक्लामा शनिबार भएको गोमा एयरको जहाज दुर्घटनामा गम्भीर घाइते भएका सह चालक सृजन मानन्धरको ज्यान गएको छ ।

उपचारका क्रममा पासाङल्हामु निकोल निकी अस्पताल लुक्लामा शनिबार राति उहाँको ज्यान गएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो ।

मानन्धरलाई थप उपचारका लागि काठमाडौं लैजान प्रयास भएपनि  बाक्लो हुस्सुका कारण हेलिकप्टर उड्न नसकेपछि थप उपचारका लागि काठमाडाैं लैजाने प्रयास असफल भएको थियो ।

दुर्घटनामा पाइलट पारसकुमार राईको शनिबार नै ज्यान गएको छ  भने विमान परिचारिका प्रज्ञा महर्जनलाई थप उपचारका लागि आइतबार बिहानै काठमाडौं ल्याइएको इलाका प्रहरी कार्यालय लुक्लाले जनाएको छ ।