Breaking

Tuesday, May 30, 2017

शिक्षा मन्त्रालयलाई कक्षा ११मा पढ्ने विध्यार्थी द्वारा खुल्ला पत्र सबैले पढ्नुहोस अनि सेयर गरि शिक्षा मन्त्रालयलाई झाक्झाकाउनुहोस !


शिक्षा मन्त्रालयलाई खुल्ला पत्र
माननिय शिक्षामन्त्रि ज्यु,

शिक्षासंग संमन्धित ज्यु,र सत्ता र सरकारमा बसी घ्यु खाई जिऊ बनाई बस्ने ज्युहरु,
म लगाएत सम्पुर्ण 11 कक्षाका विध्यार्थीहरुको दुई हात जोडेर नमस्कार पाउन लाएक तपाईहरू हुनुन्छ या हुनुन्न आफैले आफुलाई प्रश्न गर्नु होला । सर्पले टोक्यो भन्दैमा सर्पलाई टोक्न जाने मुर्ख हामी छैनौं र त्यो मुर्खता गर्ने पनि छैनौं त्यसकारण अत्यन्त रिष भरिएको नमस्कार टक्राउछौं तपाईहरूलाई ।
कुरा उही नै हो,हाम्रो रिष-राग कक्षा 11को परिक्षा बारम्बार सारिनुमा नै छ । पहिले बैसाखमै गरिने भनेको परिक्षा असार 1,8 गर्दै सारिदै लगियो। हाम्रो परिक्षा तपाईको घरको छतमा राखिएको गमला होइन ,जहां,जता जतिबेला मन लाग्यो त्यतै लगेर राख्ने । कहिले काहीं त गमलामा फुलेको फुलको मर्म त बुझ्ने गर्नुस ,कि किन मौलाउंदै छन फुलहरू ? नमिलेको हावा हो जबरजस्ति पानी ठुस्साएर के गर्नुहुन्छ? यो परिक्षा हाम्रो लागी कागज र मसिमा मात्र सिमित छैन सर,यसमा प्रत्यक विध्यार्थीको सपना र घर परिवारको आसा जोडिएको छ जुन तपाईहरू जस्ता दुष्टनिति-राजनिति गर्नेहरूलाई बुझाऊं पनि कसरी??


गलत गरि गलतै तरिकाले गल्तिको बाटोमा गालि-गलौजको गाडी चडेर गन्तब्यमा पुग्ने तपाईहरुलाई के थाहा?
इमान्दारीको साइकल चडि मिहिनेतको पेडल मार्दै गन्तब्यमा पुग्ने हामी विध्यार्थीको पिडा!
खबरदार मन्त्रि ज्यु,शिक्षालाई राजनिति संग नमिलाउनुहोस।चुनावको बहानामा हामी विध्यार्थीहरूको भविष्य चिमट्ने कार्य हामीलाई कत्ति पनि सहन्य हुने छैन ।
हामी विध्यार्थीहरूको मानसिकता संग खेल्ने दुस्साहास तपाईहरूले नगरेकै राम्रो,नत्र कलम समाउने यि हात लाठ्ठी समाउन नसक्ने भन्ने छैन ।

परिक्षा कुर्दै निरासित एक विध्यार्थी
विशाल अर्याल
काठमान्डौ