काठमाडौं । काठमाडौं महानगरपालिकाको पछिल्लो ताजा मतपरिणाम अनुसार मेयरमा एमालेको अग्रता झनै फराकिलो भएको छ।
एमालेका मेयर उम्मेद्वार विद्यासुन्दर शाक्य ६१ हजार ५ सय ६ मतसहित अग्रस्थानमा छन् भने उनका प्रतिद्वन्द्न्वी नेपाली काँग्रेसका राजुराज जोशी शाक्य भन्दा १८ हजार ३७७ मतले पछि छन्। उनको पक्षमा जम्मा ४३ हजार १ सय २९ मत खसेको छ।
त्यस्तै विवेकशीलकी उम्मेद्वार रञ्जु न्यौपाने २२ हजार ३ सय ४१ मत सहित तेस्रो स्थानमा छिन् चने साझा पार्टीका किशोर थापाले १७ हजार ८ सय ४४ मत सहित पछ्याइरहेका छन्।
त्यस्तै उपमेयरमा नेपाली काँग्रेसकी हरिप्रभा खड्गी ५६ हजार १ सय ५० मत सहित अग्रस्थानमा छिन् भने राप्रपाका राजाराम श्रेष्ठ ३३ हजार ४ सय २ मत सहित पछिपछि छन्।
अहिलेसम्मा जम्मा १ लाख ८६ हजार १ सय ९२ मत गनिसकिएको छ। आज बेलुकासम्म परिणाम आउने बताइएको छ।
Friday, May 26, 2017
काठमाडौँ महानगरमा आयो यस्तो मतपरिणाम, एमाले र रञ्जुलाई मतको वर्षा
Tags
# News
Nepali Music Video
We Publice Nepali News for the People.
News
Labels:
News
