Breaking

Wednesday, May 31, 2017

दरबार हत्याकाण्डको विषयमा फिल्म बन्ने, चर्चित अभिनेता प्रदिप खड्का बन्ने भए ‘दीपेन्द्र सरकार’


काठमाडौँ । दरबार हत्याकाण्डको बारेमा विवेक कुमार शाहद्वारा लेखिएको ‘मैले देखेको दरबार’मा आधारित भएर फिल्म बन्ने भएको छ ।

स्वर्गीय राजा वीरेन्द्र शाहका जेठा सुपुत्र दीपेन्द्र शाहलाई केन्द्रमा राखेर निर्माण गरिने चलचित्र ‘दीपेन्द्र सरकार’ को मुख्य भुमिकामा नायक प्रदिप खड्का रहने पक्कापक्की भएको निर्माता सन्तोष सेनले जानकारी दिए ।


‘चंखे शंखे पंखे’, ‘प्रेमगीत’ र ‘प्रेमगीत २’  निर्माण गरेर चर्चामा रहेका निर्माता सेनले राजधानीमा एक कार्यक्रमका बिच ‘दीपेन्द्र सरकार’को घोषणा गरेका हुन् ।

नेपाल, बेलायत र अमेरिकामा छायांकन हुने यो चलचित्रका निर्देशक र अन्य कलाकार केही दिनमै सार्वजनिक गरिने निर्माता सेनले बताए ।

‘प्रेमगीत’ बाट चर्चाको शिखरमा रहेका नायक प्रदिपको ुप्रेमगीत २ु रिलिजको तयारीमा रहेको छ भने बुधबारको कार्यक्रममा नायक प्रदिप राजश्री पहिरनमा नै उपस्थित भएका थिए ।