Breaking

Monday, May 29, 2017

मतगणनाको माग गर्दै एमाले चितवनले निकाल्यो र्‍याली


जेष्ठ १६, २०७४- नेकपा एमाले चितवनले मतगणनाको माग गर्दै मंगलबार बिहान र्‍याली निकालेको छ । एमाले नेता, कार्यकर्ताले पुल्चोक, लाइन्स चोक हुँदै चौबिस कोठी मतगणनास्थलसम्म र्‍याली निकालेका हुन् । उनीहरुले जनमतको कदर गर्न मतगणनाले निरन्तरता पाउनुपर्ने भन्दै गणनास्थल बाहिर नारा जुलुस लगाएका छन् ।

मतगणनास्थल सिल गरिएको छ भने प्रहरी सुरक्षा कडा पारिएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर १९ मा मत गणना चल्दा उब्जिएको विवादले मतपत्र च्यातिएपछि आइतबार राति गणना स्थगित गरिएको थियो । भरतपुरको मत गणना विवाद छानबिनका लागि निर्वाचन आयोगले एक टोली खटाइसकेको छ ।

चितवनका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले निर्वाचन आयोगमा घटनाबारे जानकारी दिएको र आयोगको निर्देशनअनुसार अघि बढ्ने बताएका छन् । भरतपुर महानगर मेयरमा कांग्रेस-माओवादी केन्द्र गठबन्धनबाट रेणु दाहाल उम्मेदवार छिन् भने एमालेबाट देवी ज्ञवाली मैदानमा छन् ।  १९ वटाको १ हजार ८ सय मत गणना गर्दा ज्ञवाली ७ सय ३३ मतले अगाडि थिए ।

कांग्रेस-माओवादीले पुन: मतदानको माग गरेका छन् ।
source:- ekantipur