बाँके, १६ जेठ । मंगलबार बाजुराको कोल्टीमा दुर्घटनाग्रस्त नेपाली सेनाको जहाजका घाइतेलाई अहिलेसम्म काठमाडौं पठाउन सकिएको छैन । दुर्घटनामा घाइते अनिता आले मगर र पूर्णबहादुर खड्कालाई थप उपचारका लागि काठमाडौं पठाउने प्रयास भएपनि अवस्था नाजुक भएका कारण काठमाडौंमा पठाउन नसकेकाले हाल कोहलपुरमै उपचार भइरहेको होृ । हाल उनीहरुको कोहलपुस्थित कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको हो ।
पाइलट कैलाश गुरुङको मृत्यु भइसकेको छ। खाद्य संस्थानको चार्टर फ्लाइट लिएर सुर्खेतबाट हुम्ला जाने क्रममा मंगलबार दिउँसो सेनाको जहाज कोल्टीमा दुर्घटनाग्रस्त भएको थियो। हुम्लामा मौसममा खराबी आएपछि कोल्टी विमानस्थलमा आपतकालीन अवतरण गर्ने क्रममा सेनाको विमान दुर्घटना भएको हो। स्थानीय बासिन्दाका अनुसार अवतरण गर्ने क्रममा जहाज बिजुलीको तारमा ठोकिएको थियो। विमानस्थल नजिकै खेतमा खसेर जहाजमा आगलागी भएको थियो। सोही क्रममा जहाजका पाइलट महासेनानी गुरुङको मृत्यु भएको हो।
आगलागीबाट सहचालक नेपाली सेनाका सुबेदार पूर्णबहादुर खड्का र को-पाइलट अनिता आले गम्भीर घाइते भएका हुन्। सुर्खेतबाट हुम्लाको सिमकोटतर्फ गएको विमान त्यहाँ अवतरण हुन नसकेपछि बाजुराको कोल्टी विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको हो।