Breaking

Tuesday, May 30, 2017

तनहुँको म्याग्देमा माइक्रोबस दुर्घटना, १३ जना घाइते


काठमाडौं । पोखराबाट काठमाडौंतर्फ आइरहेको माइक्रोबस मंगलबार बिहान तनहुँमा दुर्घटना भएको छ ।

दुर्घटनामा परी १३ जना घाइते भएका छन् ।जसमध्ये चार जनाको अबस्था गम्भीर रहेको बताइएको छ ।पोखराबाट काठमाडौंतर्फ आइरहेको ग१ख ४९५२ नम्बरको माइक्रोबस आज बिहान ६ ३० बजे तनहुँको म्याग्देको गोडारीमा दुर्घटना भएको हो ।

घाइतेको रत्नहरि अस्पताल, दमौली, पोखराको मणिपाल अस्पताललगायतमा उपचार भइरहेको प्रहरीले बताएको छ ।प्रहरीले दुर्घटनापछि माइक्रोका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेको बताइएको छ ।