Breaking

Tuesday, May 30, 2017

आखिर किन, बहुबलीले अनुष्कालाई छोडेर यी युवतीसँग बिहे गर्दैछन् त ?


एजेन्सी,  बलिउड चर्चित फिल्म ‘बहुबाली २’ को अभिनेता प्रभासले पनि सलमान, शाहरुख देखि अरु स्टारडमहरु लाई  पछि परेको छ । केहि समय पहिलेको खबरअनुसार बाहुबलिलाई विवाहको लागि ६,००० जनाको प्रस्ताव आएको थियो। यी सबै प्रस्तावलाई प्रभासले अस्विकार गरेका थिए । केहि समय पहिलेसम्म विवाह गर्न चाहेका थिएनन्। तर अहिले उनले विवाह गर्नको लागि स्वीकार गरिसकेका छन् ।उनलाई रासी सिमेन्टको अध्यक्ष भूपति राजाले आफ्नो नातिनीसंग विवाह गर्न प्रस्ताव राखेका छन् । साथै प्रभासले उनिसंग विवाह गर्न स्वीकार गरेको खबर बाहिरिएको छ । हुनत अहिलेसम्म प्रभास अर्थात् उनका परिवारबाट यसबारे कुनै पनि बयान आएको छैन । तर अहिलेसम्म प्रभासको नाम अभिनेत्री अनुस्का सेट्टी संग जोडिएको एक खबरले जनाएको छ । अनुस्का प्रभाससंग विवाह गर्न चाहन्थिन तर प्रभासले २ वर्षसम्म रोकेर राखेका थिए, त्यसपछि दुवैको ब्रेकअप भयो।