एजेन्सी, जेठ १०
क्रिस्टियानो रोनाल्डो फुटबल दुनियाँको एक चर्चित नाम हो । उनको कीर्तिमान र उलेख्य खेलबारे चर्चा भई नै रहन्छ । तर, कुनै कुरा यस्ता पनि छन्, जुन प्रायः हामीलाई जानकारी नहुन सक्छ ।
क्रिस्टियानो रोनाल्डो फुटबल दुनियाँको एक चर्चित नाम हो । उनको कीर्तिमान र उलेख्य खेलबारे चर्चा भई नै रहन्छ । तर, कुनै कुरा यस्ता पनि छन्, जुन प्रायः हामीलाई जानकारी नहुन सक्छ ।
- फुटबलको दुनियाँमा प्रतिभाशाली खेलाडीको किनबेच त हुने नै गर्छ । तर, रोनाल्डो त्यस्ता महान् खेलाडीमा पर्छन् जो १८ वर्सकै उमेरमा म्यानचेस्टर युनाइटेडद्वारा २००३ मा सर्वाधिक १२ लाख पाउन्डमा ट्रान्सफर गरिएका खेलाडी हुन् । जुन अहिलेसम्मकै कम उमेरको सर्वाधिक ट्रान्सफर रकम हो ।
- फुटबलको पिचमा रोनाल्डोलाई स्वार्थी खेलाडी भनिए पनि फुटबलबाहिरको दुनियाँमा उनि एकदमै दयालु व्यक्ति हुन् । उनले १० महिने बालकको ब्रेन सर्जरीका लागि ५१ लाख डलर रकमको योगदान गरेका थिए । उनी आफ्नो खेल दुनियाँबाट कमाएको रकमको केही भाग सामाजिक क्रियाकलापमा खर्चिने गर्छन् ।
- फुटबल खेलाडीले आफ्नो शरीरमा टाटु बनाउनु साधारण नै मान्ने गरिन्छ । तर, रोनाल्डो त्यस्ता खेलाडी हुन्, जसको शरीरमा अहिलेसम्म कुनै टाटु छैन । यसको पछाडिको कारण हो– उनी नियमित रूपले रक्तदान गर्ने गर्छन् ।
- रोनाल्डो २० वर्षको हुँदा उनले आफ्नो पिता गुमाएका थिए । उनका पिता डेनिस अवेइरोको अधिक मादक पदार्थ सेवनका कारण उनको ५२ वर्षमै निधन भयो । जसका कारण उनले अहिलेसम्म रक्सीलाई हात लगाएका छैनन् ।
- रोनाल्डोको पूरा नाम क्रिस्टियानो रोनाल्डो डोस सान्तोस अवेइरो हो भन्ने कमै मान्छेलाई थाहा होला । उनको नाम उनका पिताले संयुक्त राज्यका ४०औं राष्ट्रपति रोनाल्ड रेगनका नाममा राखेका थिए ।
- कमैलाई थाहा नभएको कुरा, १४ वर्षको उमेरमा रोनाल्डोलाई स्कुलबाट निकालिएको थियो । कारण– उनले आफ्नो शिक्षकलाई कुर्सीले हिर्काएका थिए । सानैदेखि क्रोधित उनले शिक्षकको नराम्रो व्यवहार सहन नसकी कुर्सीले हानेका थिए ।
- रोनाल्डो एक मध्यमवर्गीय परिवारमा हुर्किएका हुन । ८ वर्षको सानो उमेरमै उनको खेलबाट प्रभाभित भई एन्दोरिन्हा स्पोर्टिङ क्लबले उनलाई खेल युगमा सामेल गरायो ।
- १५ वर्षको उमेरमा रोनाल्डोलाई टाकीकार्डिया नामक मुटु रोगले ग्रसित बनायो । उनको त्यो रोगले उनको खेल जीवन अन्त्य हुन्छ भन्ने आलोचना लागे तापनि उनले त्यो रोगबाट छुटकारा पाए ।
