Breaking

Wednesday, May 31, 2017

सडक पार गर्दै गरेको चितुवालाई जोगाउँदा कान्तिपुर दैनिकको गाडी दुर्घटना

जेष्ठ १७, २०७४- नेपालगन्जबाट दाङ पत्रिका बोकेर जाँदै गरेको कान्तिपुरको गाडी दुर्घटना भएको छ । बुधबार बिहान ४ बजे पत्रिका पुर्‍याउन दाङ जाँदै गरेको गाडी बाँकेको कुसुम नपुग्दै बाँके राष्ट्रिय निकुन्ज क्षेत्रमा चितुवालाई जोगाउने क्रममा सडकदेखि तल खसेको हो ।

भे१प १७८१ नम्बरको गाडीमा सवार २ जना घाइते भएका छन् । ड्राईभर भवानी कँडेल प्रकाश र कान्तिपुरकर्मी गणेश थापा घाईते भएका हुन् । उनीहरूको वेस्टर्न हस्पिटल नेपालगन्जमा उपचार भइरहेको छ ।

तीब्र गतिमा रहेको गाडीका अगाडि चितुवाले बाटो काट्दै गरेको देखेपछि जोगाउन खोज्दा सन्तुलन गुमाई गाडी पल्टिएको चालक कँडेलले बताए । उनले भने, 'बिहानको समयमा सडक खाली थियो । गाडी स्पिडमा थियो । त्यही बेला एक्कासी अगाडी चितुवाले बाटो काट्यो । चितुवा जोगाउन खोज्दा गाडी व्यालेन्स भएन र पल्टियो । चितुवा जोगियो ।'

उनीहरूलाई उद्दार गरी एम्बुलेन्सबाट नेपालगन्ज ल्याइएको कान्तिपुर क्षेत्रीय प्रमुख अशोक श्रेष्ठले बताए ।