मुस्लिम समुदायको पर्व हरिरायाको अवसरमा मलेसियामा युनिक धमाका – ६ आयोजना गरिएको छ । उक्त धमाका यहि आउदो जुन २५ तारिखका दिन मलेसियाको मुआर स्थित होटेल रिभर भिउमा हुने भएको हो । यस इभेन्टको मेनेजमेन्ट ग्रेट कन्चंजंगा एस.डी.एन. भी.एच.डी.ले गरेको हो भने भिमसेन केसी यस धमाकाको प्रमुख आयोजक रहेका छन् । उक्त धमाकाको कोर्डिनेटर तथा निर्देशक नबिन खड्काले गर्ने भएका छन् ।
यस धमाकालाई सफल बनाउन र भरपुर मनोरंजन दिनका लागि नेपालबाट ख्याती प्राप्त कलाकारहरु त्येस तर्फ प्रस्थान गर्ने भएका छन् । पछिल्लो समयमा मिडियामा निक्कै चर्चामा रहेकी नायिका तथा मोडल रिया श्रेष्ठ उक्त शोका लागी हंगामा मच्चाउन जाने भएकी छिन् । त्यसतै चर्चित हास्यकलाकार दमन रुपाखेतीको बेजोड प्रतुती रहेको आयोजकले जनाएको छ ।
यसका साथै लोक गायक प्रकाश योगी, लोक गायिका सबिता परियार, लोक पप गायक टंक तिमिल्सिनाले आ-आफ्नो प्रस्तुति दिनका लागि उक्त धमाकामा मलेसिया जाने भएका छन् । चर्चित मोडल रियाले जानकारी दिए अनुसार यस पटक दमनसँग रोमान्स गरेर दर्शकलाई भरपुर मनोरंजन दिने र स्टेज तताउने मुडमा छिन् ।
यस अघि रियाले कलाकार सुलेमान शंकर ‘इकु’ सँग मलेसियामै रोमान्स गर्दा देश बिदेशमा निक्कै चर्चा मिडियामा नपाएको होइन । आशा गरौ यस पटक पनि रियाले त्यस्तै गरि दमनको साथमा चर्चाको शिखर चुम्न सफल हुनेछिन् यहि कामना गर्दछौ ।
बिगत आठ बर्ष देखि नेपाली सिने संसारमा संघर्षरत रिया अहिले सबै तिर भाईरल भएकी हट केक मोडल तथा नायिकाको रुपमा परिचित छिन भने उनलाई देश विदेशको प्रोग्राममा सहभागिताका लागी भ्याई नभ्याई नै छ ।
