Breaking

Sunday, June 4, 2017

श्रीमानको खल्तीबाट दुई हजार निकालेको भन्दै श्रीमानले गरे श्रीमतीमाथी खुकुरी प्रहार


रामेछाप – रामेछापमा श्रीमतीले श्रीमानको गोजीबाट दुई हजार रुपैयाँ निकालेको भन्दै श्रीमानले श्रीमतीलाई खुकुरी प्रहार गरेका छन् ।

थरहरि घिमिरे नाम गरेका श्रीमानले श्रीमती राधाकुमारी घिमिरेलाई टाउकोमा खुकुरी प्रहार गरेको बताइएको छ ।

खुकुरी प्रहार पछि घाइते भएकी राधाकुमारीको मन्थली स्थित रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

घिमिरेले श्रीमतीलाई पटक–पटक विभिन्न वहानामा रक्सी खाएर कुट्ने गरेको श्रीमती राधाले बताएकी छिन् ।