Breaking

Monday, June 12, 2017

कतार जान श्रमस्वीकृति लिने नेपालीको संख्या चार गुणाले घटेको छ


काठमाडौं, जेठ ३० । छिमेकी देशहरुले कतारसँग गरेको कूटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा गरेसँगै कतार जानकोलागी श्रमस्वीकृति लिने नेपालीको संख्या ४ गुणाले घटेको छ । गएको ४ दिनमा कतारका लागि अन्तिम श्रमस्वीकृति लिने कामदारको संख्यामा भारी गिरावट आएको वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख तेजराज पाण्डेका अनुसार ४ दिनअघि ४६२ जनाले कतारका लागि श्रमस्वीकृति लिएकोमा सोमबार दिउँसोसम्म १०० जनाले मात्र लिएका थिए ।

एक साताअघि साउदी अरब, बहराइन, यूएई, यमन, लिबिया र इजिप्टले कतारसँगको कूटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा गरेपछि त्यसको असर नेपालबाट कतार जाने नेपालीमा पनि देखिएको आजको कारोबार दैनिकमा खबर छ । source:sajhapage