आज सुनचाँदीको मूल्य घटेको छ । मंगलबार प्रति तोला ५५ हजार रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा ३ सयले घटेर प्रति तोला ५४ हजार ७०० सयमा कारोबार भईरहेको छ ।
त्यस्तै चाँदी तोलामा ५ रुपियाँले घटेर प्रति तोला ७ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ।नेपाल सुनचांदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको मूल्य ४६ हजार ८ सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ६० रुपैयाँ कायम गरेको छ।
