Breaking

Thursday, June 1, 2017

आममाफी सहयोग समिति ले सप्ताहान्त सेवाका अलावा १८ जना पिडित नेपालीहरु लाई खानपिनको प्रबन्ध गर्दै


प्रबासी नेपाली युबा समुह र युबा कुमाल समाज,साउदी अरबको हातेमालो…

साउदी सरकार द्वारा घोषणा गरिएको ९० दिने आममाफी को समयमा नेपालीहरुको सहज फिर्तिको एनए मिडिया समेत साउदी अरबमा क्रियाशील संघ संस्थाहरु ले स्वतस्फुर्त रुपमा गठन गरेको आममाफी सहयोग समिति ले आफ्नो पूर्व घोषणा अनुसार सप्ताहान्त सेवा आठौ हप्ता पनि जारि राखेको छ साथै १८ जना नेपालीहरु लाई खानपिनको प्रबन्ध गरि भोक भोकै रहन बाट जोगाएको छ ।

नेपालीहरु लाई आममाफीको समयावधिमा सहज फिर्तिको लागी गरेको पहलमा प्रबासी नेपाली युबा समुह र युबा कुमाल समाज,साउदी अरब ले समेत हातेमालो गरेको छ ।

आम माफी सहयोग समिति ले छुट्टी को समयमा समेत सुबिधा पावोस भनि फर्म भर्ने,जिज्ञासा,प्रश्नहरु को जवाफ दिने लगायत को कार्य दमाममा रही गर्दै आएको छ । आठौ हप्ताको सप्ताहान्त सेवामा संयोजक जेन लामा को अगुवाईमा मे २६,शुक्रबार का दिन समितिका सदस्य मगर संघ का अध्यक्ष युबराज पुन मगर,फ्रेन्ड्स अफ नेपाल,साउदी अरबका संस्थापक अध्यक्ष सुर्य श्रेष्ठ,बिबेकशिल नेपाली दलका सक्रिय अभियन्ता डिल्ली श्रेष्ठ र एनए मिडिया का प्रधान सम्पादक श्री कृष्ण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो र शनिबार का दिन समितिका सदस्य स्याङ्जा सहयोग समाज,साउदी अरेबियाका अध्यक्ष मोहन बिएसके को उपस्थिति रहने जनाईएको छ ।

अबैधानिक रुपमा रही बसेका र एक बंगाली दलाल मार्फत काम गर्दै रहेका १८ जना नेपालीहरु बिगत ५ महिना देखि आफु ले काम गरेको पारिश्रमिक नपाएर भोक भोकै बस्नु परेको र सहयोग को याचना सहित आममाफी सहयोग समितिका संयोजक जेन लामा समक्ष दुई हप्ता अगाढी आफ्नो दुखेसो पोख्न आई पुगेको थिए । उनीहरु ले दिएको जानकारी अनुसार बस्नको लागी सामुहिक कोठा उपलब्ध गराईएको थियो । उनीहरु को आग्रह पश्चात आममाफी सहयोग समिति ले ति पिडितहरु लाई उनीहरुको प्रक्रिया समाप्त हुन्जेल सम्म खानपिन को प्रबन्ध गर्ने तत्काल निर्णय लिदै सहयोग उपलब्ध गराउदै आएको समितिका संयोजक जेन लामा ले जानकारी दिएका छन ।

२६ मे,शुक्रबारका दिन युबा कुमाल समाज,साउदी अरब ले करिब ने.रु १०,०००(दस हजार) बरोबरको खाद्यान्न समाजका सल्लाहकार बल बहादुर कुमाल र सदस्य चक्र माल मार्फत हस्तान्तरण गरिएको थियो । सन् २०१६ स्थापना भएको युबा कुमाल समाज ले बिगतमा समेत सामाजिक कार्यमा संलग्न रहदै आएको संस्था हो ।

यसै गरि प्रबासी नेपाली युबा समुह द्वारा समेत शुक्रबार का दिन नै ने.रु १०,०००(दस हजार) बरोबर को खाद्यान्न सहयोग गरिएको छ ।केहि महिना अघि मात्र स्थापना भएको समुह का अध्यक्ष जितेन्द्र मांग पाहांग राई ले सो सहयोग आममाफी सहयोग समितिका अध्यक्ष लाई हस्तान्तरण गरेका थिए। हाल साउदी अरबमा क्रियाशील रहेका संघ संस्थाहरु भन्दा भिन्नै तरिका ले संचालन भएको,मासिक अनिबार्य सा.रि २५ लेबी को रुपमा उठाउने गरेको,संस्था भित्रै मा मित्रहरुमा लगानी गरि निश्चित प्रतिशत ब्याजको रुपमा आम्दानी गरि सो रकम कोषमा जम्मा गर्ने गरेको एनए मिडिया संग को कुराकानीमा अध्यक्ष राई ले जानकारी दिएका छन।

आममाफी को घोषित ९० दिने समायाबधि मात्र ३२ दिन बाँकी रहदा थप संस्थाहरु सहयोग को लागी अगाढी आउनु निकै सुखद पक्ष् रहेको र संस्थाहरु को हातेमालो ले कम्तिमा नेपाल फिर्ति को लागी प्रक्रियामा रहेकाहरु खानपिन बिना रहनु नपर्ने हुदा सहज फिर्तिमा सहयोग हुने बिश्वास लिएको आममाफी सहयोग समितिका सदस्य सुर्य श्रेष्ठ ले जनाएका छन। श्रेष्ठ ले अन्य क्रियाशील संघ संस्था समेत सहयोगको लागि हातेमालो गर्न इच्छुक रहे जहिले पनि स्वागत गर्ने समेत जनाएका छन । उनले सामाजिक कार्य मिलेर गर्दा परिणाम सकारात्मक आउने अनुभब रहेको जनाउदै आममाफी सहयोग समिति साउदीमा यदाकदा देखिने गरेको पक्षमा नरही सर्बजन हिताय सर्बजन सुखाय मा अघि बढ्ने जनाएका छन्।

आममाफी को समयमा स्वत् स्फुर्तरुपमा गठन भएको आममाफी सहयोग समितिको सेवा लाई नेपाली समुदाय ले सकारात्मक रुपमा लिई प्रशंसा गरेको पाईएको छ ।