Breaking

Sunday, June 11, 2017

साउदीको जेलमा चितवनका उपेन्द्र, जेलबाटै बचाउन आग्रह, चितवनमा थालियो रकम संकलन अभियान


चितवन, जेठ २७ – साउदीको जेलमा रहेका उपेन्द्र कार्कीको जिवन रक्षाको लागी चितवनमा सहयोग रकम संकलन गर्न सुरु गरिएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका–७ मझुई घर भएका उपेन्द्र ५ वर्षअघि साउदी अरेबियास्थित अल ईतियाज कम्पनीमा कामको लागी गएका थिए ।

सवारी चालकको रुपमा कार्यारत उपेन्द्रलाई साउदीमा भएको एउटा सवारी दुर्घटनामा दोषी देखाउदै साउदी अदालतले क्षतीपूर्ती स्वरुप ३ लाख ३३ हजार ५ सय साउदी रियल (करिब ९५ लाख नेपाली रुपैयाँ) भुत्तानी गर्न आदेश दिएको थियो । उक्त रकम भुत्तानी नगरे आजिबन कैद वा मृत्युदण्ड हुने त्यहाँ रहेका नेपालीले बताएका छन् ।उनको घरको आर्थिक अवस्था कमजोर रहेकाले रकम बुझाउन नसक्दा जिवने विगत २ वर्ष ४ महिनादेखी साउदीको जेलमा रहेका छन् । क्षतीपूर्ती स्वरुपको रकम बुझाउन अब थोरै समय मात्रै बाँकी रहेकाले सहयोग रकम उठाउन अहिले उपेन्द्रको परिबार र छिमेकीहरु गाउँ गाउँ, बजार बजार हिडिरहेका छन् । आफ्नो छोराको जिवन रक्षाको लागी सकेको सहयोग गरिदिनुहुन उनको बुबा सन्तोष कार्कीले अनुरोध गरेका छन् ।

सहयोगको लागी नेपाल बैक लिमिटेडको पर्सा शाखाको खाता न: २०१००१०६३९३८५५ ००००० १ मा रकम जम्मा गरिदिन कार्कीले आग्र्रह गरेका छन् ।