Breaking

Tuesday, June 13, 2017

कतारले दुधको अभाव हुन नदिन ४ हजार गाई ल्याउदै

कतारको राजधानी दोहाबाट ५० किमी टाढा रहेको साउदी तर्फ जाने क्षेत्रमा रहेको गाई फार्म । जहाँ नेपाली समेत कार्यरत छन् ।

जेष्ठ ३०, २०७४- 
कतारले दुधको अभाव हुन नदिन अष्ट्ेरलिया र अमेरिकावाट चार हजार गाई ल्याई दुध उत्पादन गर्ने भएको छ । कतार एयरवेजको ६० वटा उडानवाट गाईहरु ल्याउन थालेको हो । ती गाईहरु जुनको अन्त्यसम्म आइपुग्ने वताइएको छ । यसको लागि झन्डै ८ मिलियन डलर खर्च हुने अनुमान छ । 

कतार दुधको लागि छिमेकी देश साउदी अरवमा निर्भर रहेको थियो । साउदीले नाकावन्दी गरेपछि कतारले टर्कीवाट दुध ल्याउन थालेको छ । 

कतारमा कृषि क्षेत्रमा समेत लगानी गर्दै आएका पावर इन्टरनेशनल होल्डिङ समुहका अध्यक्ष मौतज अल–खय्यातले कतारको लागि काम गर्ने समय आएको वताए । कतारमा गाई पालन गर्दै आइरहेको छ । गाईलाई आवश्यक पर्ने घाँसको खेती समेत भइरहेको छ । जहाँ नेपाली समेत कार्यरत छन् ।