Breaking

Tuesday, June 6, 2017

बन्दीपुरको मन्दिरमा आर्यन र रेखाको बिवाह


७ बर्ष सम्म बोलीचाली बन्द गरेका नायक आर्यन र नायिका रेखा थापाले बन्दीपुरको एक मन्दिरमा बिहे गरेका छन् ।

तर नायिका रेखा र नायक आर्यन ले रियल लाईफमा नभै नायिका रेखा थापाको ब्यानर रेखा फिल्मस बाट निर्माण भइ रहेको  चलचित्र रुद्र प्रिया को लागी बिहे गरेका हुन  ।

नायिका थापाको निर्माण मा निर्मित ‘रुद्रप्रिया’को अहिले बन्दीपुरमा छायांकन भै रहेको छ ।नायक आर्यन ले रेखा फिल्मसबाट बनेको चलचित्र ‘किस्मत’ बाट नेपाली रजतटपमा डेव्यु गरेका थिए भने त्यस पछी आर्यन र रेखाले ‘किस्मत’ सहित, ‘हिफाजत’ र ‘कसले चोर्यो मेरो मन’ मा एक अर्का को जोडी भएर अभिनय गरी सकेका छन ।

बन्दीपुर बाट छायांकन शुरु गरिएको चलचित्र ‘रुद्रप्रिया’को बन्दिपुर लगाएत पोखरा, जिरी का रमणीय स्थान हरुमा छायाकन गरिने बताइएको छ । चलचित्रमा अर्जुन पोख्रेल,राजनराज सिवाकोटी र सुरेश अधिकारीको संगीत,कविराज गहतराजको नृत्य रहेको छ भने चलचित्र लाई ‘माला’का निर्देशक सुदीप भूपाल सिंह ले निर्देशन गर्दै छन ।