Breaking

Tuesday, June 6, 2017

ट्रम्पले गरे सनसनी पूर्ण खुलासा ट्रम्पको आग्रहमा कतारमाथि प्रतिबन्ध किन यस्तो रहेछ सम्पूर्ण कारण के अब कतारको ओरालो लाग्ने दिन आएको नै हो त सम्पूर्ण कतारमा हुने भएकाले पढ्नै पढ्नी न्युज पढ्नु होला र शेर गरी सबै लाई जानकारी दिनुहोला


जेठ २४ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आग्रहमा अरब देशले कतारसँगको सम्बन्ध ताडेको दाबी गर्नुभएको छ । आतंकवादीलाई सहयोग गरेर अरब क्षेत्रमा अस्थिरता कायम गरेको आरोप

लगाउँदै साउदी अरेबिया, बहराइन, संयुक्त अरब इमिरेट्स, यमन, लिबिया तथा माल्दिभ्सले कतारसँगको कुटनीतिक तथा राजनीतिक सम्बन्ध अन्त्य गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै यी देशले आफ्नो आग्रहमा कतारसँगको सम्बन्ध तोडेको दाबी गर्नुभएको छ । केही समयअघि मात्रै भएको आफ्नो भ्रमणको क्रममा साउदी अरेबियासँग आफूले कतारले अतिवादी विचारधाराको समर्थन गरेको र आतंककारीलाई आर्थिक सहयोग गरिरहेको बताएको ट्रम्पको भनाई छ ।

आफू भ्रमण सकेर फर्किएको केही समयपछि नै आफ्नो साउदी भ्रमणको असर देखिन थालेको ट्रम्पको दाबी छ । झण्डै दुई हप्ताअघि ट्रम्पले मध्य पूर्वको भ्रमण गर्नुभएको थियो । ट्रम्पको यो भनाईलाई विश्लेषकले निकै गम्भीर तथा महत्वपूर्ण रुपमा लिएका छन् । साउदी अरेबियाको भ्रमणको क्रममा ट्रम्पले इरानमाथि पनि अस्थिरता फैलाएको आरोप लगाउनु भएको थियो । आफूसँगको सम्बन्ध तोड्ने निर्णय गरेका देशलाई कतारले वार्ताका लागि आह्वान गरिसकेको छ ।

source :-ujyaaloonline