Breaking

Sunday, June 11, 2017

सोमबार रिंगिट, रियाल, दिर्हाम लगायतका विदेशी मुद्रा स्थिर

काठमाडौं, जेठ २९ – नेपाल राष्ट्र बैंकले सोमबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ३३ पैसा र विक्रिदर २७ रुपैयाँ ४९ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ १५ पैसा र विक्रिदर २८ रुपैयाँ ३१ पैसा छ । युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ९० पैसा र विक्रिदर २८ रुपैयाँ ४९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ०३ पैसा र विक्रिदर २४ रुपैयाँ १७ पैसा रहेको छ ।

 कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ११ पैसा र विक्रिदर ९ रुपैयाँ १६ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर तीन सय ३७ रुपैयाँ ७६ पैसा छ भने विक्रिदर तीन सय ३९ रुपैयाँ ७३ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर दुई सय ७१ रुपैयाँ ९० पैसा र विक्रिदर दुई सय ७३ रुपैयाँ ४९ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।