Breaking

Monday, June 5, 2017

४ मुलुकले कतारसँग कुटनीतिक सम्बन्ध तोडे

जेष्ठ २२, २०७४   क्षेत्रीय अस्थिरता बढाएको भन्दै साउदी अरब, इजिप्ट, बहराईन र संयुक्त अरब इमिरेट्स्ले कतारसँग कुटनीतिक सम्बन्ध तोडेका छन् । कतारले मुस्लिम ब्रदरहुड पार्टी लगायत आतंकवादी समुहलाई सहयोग गरेको आरोप लगाउँदै ती मुलुकले कुटनीतिक सम्बन्ध तोडेका हुन् ।
संयुक्त अरब इमिरेट्स्ले आफ्नो मुलुकमा रहेका कतारी कुटनीतिज्ञलाई ४८ घण्टाभित्र देश छोडेर जान अल्टिमेटम दिएको छ ।
साउदी अरबले कतारसँग सीमा क्षेत्र बन्द गर्नुका साथै जल, हवाई लगायत सबै किसिमका सम्बन्ध बन्द छ । आतंकवाद तथा अतिवादबाट आफ्नो मुलुकको सुरक्षाका लागि यस्तो कदम चालिएको साउदी अरबले जनाएको छ । इजिप्टले पनि कतारसँगको हवाई तथा जल यातायात सेवा बन्द गरेको त्यहाँको विदेश मन्त्रालयलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

संयुक्त अरब इमिरेट्स्ले आफ्नो मुलुकमा रहेका कतारी कुटनीतिज्ञलाई ४८ घण्टाभित्र देश छोडेर जान अल्टिमेटम दिएको छ । दोहाले आतंकवाद, अतिवाद तथा साप्रदायीक संगठनहरुलाई आर्थिक लगायत सहयोग गरिरहेको आरोप आबुधाबीले लगाएको छ ।

बहराईनको सुरक्षा तथा स्थिरतामा खलल पुर्‍याएकाले कतारसँगको सम्बन्ध तोडेको त्यहाँको सरकारी समाचार संस्थाले जनाएको छ । यमनको हुथी बिद्रोहीविरुद्ध कारवाही जारी राखेको साउदी नेतृत्वको अरब गठबन्धनले पनि कतारलाई सदस्यबाट निष्काषित गरेको छ ।