अर्थव्यवस्था तथा वाणिज्य मन्त्रालयले कतारमा हाल खाधान्न तथा अन्य उपभोक्ता सामान १२ महिना सम्मका लागि स्टक रहेको जानकारी दिएको छ । साथै हाल उत्पन्न भएको कुटनीतिक सम्बन्धको समस्याले अगामी दिनमा पनि कुनै सामानको अभाव नहुने स्पष्ट पारेको छ । त्यस्तै कतारमा धेरै मात्रामा पशुधन अष्ट्रेलिया र तरकारी भारत र बङ्गलादेश बाट आयात हुनेगरेको जानकारी दिएको छ । आम जनतामा उत्पन्न भ्रमहरुलाई हिजो मन्त्रालयले विभिन्न भाषाहरुमा प्रश्नोत्तर विज्ञप्ती सार्वजनिक गर्दै हाल बजारको अवस्था सामान्य रहेको र भाउ पनि स्थिर अवस्थामा रहेको कुरा स्पष्ट पारेको छ ।
के कतारी बजार छिमेकी राष्ट्रहरुले गरेको कुटनीतिक सम्बन्ध तथा सिमा बन्दले प्रभावित होला?
कतारमा खाधसामाग्रीको व्यापक भण्डार उपलब्ध रहेको हुँदा यसले कुनै असर पार्नेछैन् । कतार छिमेकी मुलुकहरुमा मात्र निर्भर नभएको र विश्वभर बाट नै उपभोक्ता सामाग्रीहरुको आयात हुने क्रम सामान्य रुपमा जारी रहेको छ ।
के सरकारले यस्तो परिस्थितीको सामना गर्न कुनै आपतकालिन योजना तयार पारेको थियो ?
कतारको छिमेकी राष्ट्रहरु संगको खटपट अहिले मात्रै नभएर पछिल्लो इतिहास देखि नै रहेको छ । यस्ता परिस्थितीको सामना गर्न कतार सदैव तत्पर रहँदै आएको छ । त्यसैले बजारमा प्रचुर मात्रामा खाना तथा अन्य उपभोक्ता सामानहरु उपलब्ध रहेका छन् ।
के यस घटनाले कतारमा खाधान्न र अन्य सामानहरुको भाउमा असर पर्ला ?
उपभोक्ताका सम्पूर्ण सामानहरुको मुल्य सरकारले पहिल्यै तोकेको हुन्छ र यो अहिले बजारमा स्थिर रुपमा रहेको छ । साथै अर्थव्यवस्था तथा वाणिज्य मन्त्रालयको समन्वय बिना मुल्य बढाउन नपाउने नियम रहेको छ । त्यसैले आम मानिसमा यसको असर पर्ने छैन र बजारको स्थिती सामान्य रहेको मन्त्रालयले जोड दिन चाहान्छ ।
सामान १२ महिना सम्मका लागि स्टक छ
हाल कतारमा चाहिने दैनिक उपभोक्ताको सामान १२ महिना सम्मका लागि स्टक रहेको कतार च्याम्बरले स्पष्ट पारेको छ।साखै कतार संग खाधान्न तथा अन्य उपभोक्ता सामानहरुको भण्डार गर्ने प्रयाप्त रणनीति रहेको कतारी व्यवसायीहरुले जानकारी दिएको छ । कतार च्याम्बरले सोमबार आयोजना गरेको खाधान्न आयात गर्ने स्थानिय कम्पनीका प्रतिनिधीहरु संगको छलफल कार्यक्रममा ४० भन्दा बढी कम्पनीका व्यवसायीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा बढेको कुटनीतिक सम्बन्धको समस्यामा मुलुकमा खाधान्न सामान आयात गर्ने वैकल्पिक प्रक्रियाहरुमा छलपल भएको थियो । त्यस्तै व्यापारीहरुले देशमा सरल आयात प्रवाह गर्न विभिन्न वितरक माध्यमहरु संग नयाँ करार सम्झौता सुरु भइसकेको कुराको जानकारी दिएका थिए ।
source :-qnkhabar
Wednesday, June 7, 2017
Home
/
News
/
कतारमा हुनेका लागी आयो खुशीको खबर कतारमा हाल खाधान्न तथा अन्य उपभोक्ताको सामान १२ महिना सम्मका लागि स्टक रहेको जानकारी कतार सरकाले दिएको छ । यो न्युज शेर गरी कतारमा सम्म पुराउन सबै लाई अन्रुरोध गर्दछौ
कतारमा हुनेका लागी आयो खुशीको खबर कतारमा हाल खाधान्न तथा अन्य उपभोक्ताको सामान १२ महिना सम्मका लागि स्टक रहेको जानकारी कतार सरकाले दिएको छ । यो न्युज शेर गरी कतारमा सम्म पुराउन सबै लाई अन्रुरोध गर्दछौ
Tags
# News
Nepali Music Video
We Publice Nepali News for the People.
News
Labels:
News
