Breaking

Thursday, June 8, 2017

यस्ता भए युद्धपीडित यी बालक

जेष्ठ २५, २०७४- सिरियाको विद्रोही नियन्त्रित अलेप्पोमा युद्ध चलिरहेका बेला अनुहार धुलो र रगतले ढाकेको एक बालकको तस्बिर विश्वभर भाइरल भयो । सबैले उनीप्रति सहानुभूति दर्साउँदै सिरियाली युद्धमा बालबालिकाको अवस्थाप्रति चिन्ता व्यक्त गरे । उमरान दकनिस नामका ती बालकको हालै सिरियाली टीभीमा प्रसारित भिडियोले फेरि एकपटक विश्वको ध्यान खिचेको छ ।

सरकारी समाचार समितिले सार्वजनिक गरेको अहिलेको तस्बिरमा भने उमरान हसिलो अनुहार र राम्ररी कोरिएको कपालमा देखिएका छन् । एक अन्तरवार्तामा उमरानका पिता मोहम्मदले त्यतिखेर छोराको रगतपच्छे तस्बिरलाई विद्रोही समूह र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रयोग गरेर प्रचारबाजीको माध्यम बनाएको आरोप लगाए ।

उनले आफ्नो छोरा त्यतिबेला अलिकता घाइते भएको र सेनाले अलेप्पोलाई विद्रोहीमुक्त गराएपछि आफूहरू पुन: घर फर्केको बताएका छन् ।