जेष्ठ २५, २०७४- साउदी अरबमा रोकिएका नेपालीसहित आप्रवासी लरी चालकलाई कतारमा फर्किन अनुमति दिइएको छ ।कुवेत, बहराइन, युएई र साउदीमा सामान पुर्याएर साउदी अरब र कतारको वोर्डरमा आइपुगेर रोकिएका रित्तो गाडीलाई कतार छिर्न अनुमति दिएको नेपाली चालकले कान्तिपुरलाई भने ।
‘लामो समय साउदीपट्टिको वोर्डरमा रोकिन पुगे । साउदी प्रहरीले राति १२ बजे कतार छिर्न दियो,’ पोखरा, लेखनाथका प्रदीप सुनारले भने,‘अहिले कम्पनीको क्याम्पमा आएर बसिरहेको छु ।’ उनका अनुसार कतारपट्टिको सिमामा रोकिएको गाडीलाई भने साउदीले प्रवेश अनुमति दिएको छैन । ‘हाम्रा धेरै नेपालीसहित साथीभाइ साउदीको विभिन्न स्थानमा सामान पुर्याएर फर्किएका थियौ,’ उनले भने, ‘सीमा छेउमा सयौं गाडीहरु लस्कर देखिन्थ्यो ।’
सुनारले लरी डाइभरहरू यो अवस्थाबाट सबैभन्दा बढी प्रभावित बनेको बताए । ‘यहाँ कतिपय नेपालीलगायत विदेशी नागरिक चालक मात्रै छैनन् । उनीहरू आफूले लरी गाडी नै किनेर चलाइरहेका छन्,’ उनले भने,‘यो बन्द भएपछि उनीहरू एकदमै प्रभावित बनेका छन् । उनीहरू ऋणको किस्ता कसरी तिर्ने भन्नेमा चिन्तित भएर बसेका छन् ।’
साउदी, संयुक्त अरब इमिरेट्स (यूएई), बहराइनलगायत देशबाट कटनीतिक सम्बन्ध विच्छेद गरेपछि सडक, हवाई र जलस्थल पनि बन्द छ ।
Thursday, June 8, 2017
साउदीद्वारा लरी चालकलाई कतार छिर्न अनुमति
Tags
# News
Nepali Music Video
We Publice Nepali News for the People.
News
Labels:
News


