Breaking

Sunday, June 11, 2017

बालकको दर्दनाक मृत्युः ट्रकको पछाडि घिसारिएर ६ किलोमिटर पार


एजेन्सी। ट्रकको पछाडी फलामे डण्डिमा अड्किएको अवस्थामा एक बालक ६ किलोमिटर सम्म घिसारिएर दुरी पार भए। बच्चा झुण्डिएको देखेर धेरैले ट्रक चालकलाई चिच्याए तर चालकले सुनेनन्।

अन्ततः एक ट्रकले उछिनेर बच्चा भुण्डाएर गुडेको ट्रक रोके। चालकले बल्ल थाहा पाए आफ्नो ट्रकको पछाडी मृत अवस्थामा एक बालक झुण्डिएको छ।

घटना भारतको बिक्रमपुरको हो। ट्रक प्रहरीले नियन्त्रणमा लािर चाैकीमा लगेपछि मुस्किलले बालकको शव अड्रकेको अवस्थाबाट मुक्त गरियो।

टिकरिया निवासी जयकिशन पट्टा (३३), उनकी पत्नी संताेषी बाइ (३०), उनका भाइ मनोज पट्टा (२४) र छोरा सवार रहेको दुइ पांग्रे सवारी तीब्र गतिमा थियो जुन ट्रकको पछाडि ठोकियो। बालक ट्रकमै फसेर अगाडी घिसारिएर ६ किलोमिटरसम्म पुगे। पछि उनी मृत अवस्थामा निकालिएका हुन्।