Breaking

Tuesday, June 13, 2017

कुवेतले पाँच महिनामा १३ हजार आप्रवासीलाई देश निकाला गर्‍यो


जेठ ३० – कुवेत सरकारले नेपाली सहित झण्डै १३ हजार आप्रवासीलाई देश निकाला गरेको छ ।

सन् २०१७ को पाँच महिनामा बसोबासको नियम उल्लंघन गर्ने, काम गर्दा नियम वितरित गर्ने, आपराधिक क्रियाकलापमा संलग्न भएका र ट्राफिक नियम उल्लंघन गर्ने आप्रवासीलाई देश निकाला गरिएको कुवेत सरकारले जनाएको छ ।

नियम उल्लंघन गरेको सूचिमा रहेकाहरुलाई एक हप्ता भित्र स्वेदश फिर्ता पठाइने बताइएको छ ।  अनुमती पत्र बिना सवारी चलाउने, धार्मिक र राजनीतिक विवादमा परेका आप्रवासीहरु देश निकालाको सूचिमा परेका छन् ।

देश निकालामा पर्नेमा सबैभन्दा धेरै भारतीय र दोस्रोमा इजिप्टका नागरिक रहेका छन् । त्यस्तै श्रीलंका, फिलिपिन्स, बंगलादेश, इथियोपियाका कामदारलाई पनि देश निकाला गरिएको छ ।