फोक्सोमा लाग्ने रोग अन्य रोगको तुलानामा केही जटिल मानिन्छ । फोक्सोमा लाग्ने रोगमध्ये फोक्सोमा जाली पर्ने पनि एक हो । फोक्सोमा जाली पर्ने कारण र बच्न छाति रोग विशेषज्ञ डाक्टर प्रकाश पौडेलका सुझाव यस्ता छन् ।
विभिन्न कारणले फोक्सोमा लामो समय संक्रमण हुदा फोक्सोमा जाली पर्छ । यसको उपचार पनि केही महंगो र समय पनि बढी लाग्ने भएकाले फोक्सोमा रोग लाग्न नदिन निकै सचेत हुनुपर्छ । नेपालको सन्दर्भमा फोक्सोका बिरामीहरु धेरै छन् । अस्वस्थ वातवरण, खानपानका कारण फोक्सोमा जाली पर्ने समस्या बढ्दो छ । फोक्सोमा जाली पर्ने प्रमुख कारण: कुनै पनि कारणले फोक्सोमा लामो संक्रमण हुनु । रोग प्रतिरोधात्मक क्षमता कम हुनु ।
क्यान्सर, दम लगायतका रोग प्रतिरोधात्मक क्षमता कम पार्ने दीर्घ रोगको नियमित औषधि सेवन गर्नु । धुँवा धुलोमा बढी हिड्नु । धुम्रपान गर्नु । एचआईभी एड्स लाग्नु । यी उमेर र काम गर्ने व्यक्तिलाई यसको सम्भावना बढी: यो समस्या अधिकांशमा उमेर बढेसँगै देखिन्छ वा व्यावसायिक काम सुरु गरिसके पछि देखिन्छ । तर बच्चाहरुमा पनि नदेखिने भने हैन् । ईट्टा उद्योग, चिनि उद्योग, मार्वल, ढुंगा, माटो,लगायतका बढी धुलोका कणहरु हुने काम गर्दा फोक्सोमा संक्रमण हुन्छ । जसले सहज रुपमा फोक्सोबाट श्वास लिने र बाहिर निस्कने प्रक्रियामा अबरोध हुन्छ र अन्ततः बिस्तारै फोक्सोमा जाली पर्न थाल्छ ।
यसका लक्षणहरु:
सुख्खा खोकी लाग्ने ।
श्वास फेर्न अप्ठ्यारो हुने ।
छाति भारी भएजस्तो हुने ।
राति गाह्रो हुने ।
शरीर निलो हुने ।
तौल घट्दै जाने ।
आलस्य हुने ।
बच्ने उपाय:
बढी धुलोको कण हुने वा धुँवा धुलोमा काम गर्दा त्यसबाट बच्न विशेष साबधानी अपनाउने ।
कुनै पनि लक्षणको शंका लागे तुरुन्त स्वास्थ्य परीक्षण गराउने ।
यो समस्या देखिहाले चिकित्सकको सल्लाह बमोजिम नियमित औषधिको सेवन गर्ने ।
नियमित व्यायाम गर्ने ।
धुम्रपान नगर्ने ।
स्वस्थ खाना खाने ।
यो सर्ने रोग भने हैन ।
तर एकपटक लागेपछि पूर्ण निको हँुदैन ।
समयमै थाहा पाएर औषधि सेवन गर्दा रोकथाम गर्न भने सकिन्छ ।
समयमै उपचार नभए ज्यानै जान सक्नेसम्मको खतरा हुन्छ ।
भिडियो हेर्नुहोस्
