चितवन । भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्नै लाग्दा पनि मेयरको पद कस्ले जित्छ भन्ने अनुमान लगाउन सकिएको छैन ।
मतगणना भइरहेको वडा नम्बर २२ मा एमालेको वडा अध्यक्षले अग्रता लिएको छ ।
वडा नम्बर २२ को मत गणना भइरहँदा देवी ज्ञावली माओवादी केन्द्री मेयर पदकी उम्मेद्वार रेणु दाहाल भन्दा १५ सय ५९ मतले अघि छन् ।
यस अवस्थामा एमालेका मेयर पदका उम्मेद्वार देवी र माओवादी केन्द्रकी रेणु दाहालबिच अन्तिमसम्म पनि तिब्र प्रतिस्पर्धा हुने देखिएको छ ।
मेयर देवी ज्ञवाली – ३७७५१
रेणु दाहाल – ३६१९२
उपमेयर
कांग्रेस, पार्वती शाह – ३९ हजार ८ सय ८८
एमाले, दिब्या शर्मा – ३४ हजार ४ सय २८