Breaking

Saturday, May 27, 2017

रुख ढलेर किच्दा गोरखामा डोजर चालकको मृत्यु


गोरखा । सडक फराकिलो पारिरहेको डोजरलाई रुख ढलेर किच्दा डोजरका चालकको घटनास्थलमै मृत्यु भएको छ ।

पालुङटार नगरपालिकाका वडा नम्बर २ मा सडक फराकिलो गर्ने क्रममा बाटोसँगै रहेको ठूलो रुख लडेर किच्दा डोजर चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मेलम्चीका ३५ वर्षीय राम बहादुर लामा रहेका छन् ।