काठमाडौं : नेपाली सेनाको जहाज बाजुराको कोल्टी विमानस्थलमा दुर्घटनामा भएको छ । दुर्घटनाबाट कुनै मानवीय क्षति नभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
खाद्य संस्थानको चार्टर फ्लाइट लिएर सुर्खेतबाट हुम्ला जाने क्रममा मौसम खराबीका कारण कोल्टी विमानस्थलमा आपतकालीन अवतरणका क्रममा दुर्घटना भएको हो ।
सैनिक प्रवक्ता झंकर बहादुर कडायतका विमानका पाइलट सामान्य घाइते रहेको बताउनु भयो ।
सुर्खेतबाट हुम्लाको सिमकोटतर्फ गएको विमान त्यहाँ अवतरण हुन नसकेपछि बाजुराको कोल्टी विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको हो।
दुर्घटनाका क्रममा विमानमा आगलागी भएको छ।
आगलागीबाट नेपाली सेनाका सुबेदार पूर्णबहादुर खड्का र एक महिला गम्भीर घाइते भएका बाजुराका प्रहरी निरीक्षक जगदिशप्रसाद भट्टले जानकारी दिनुभयो।
विमानमा लागेको आगो भने प्रहरीले निभाएको छ।
Tuesday, May 30, 2017
नेपाली सेनाको जहाज दुर्घटनानेपाली सेनाको जहाज बाजुरामा दुर्घटना (फोटोसहित)
Tags
# News
Nepali Music Video
We Publice Nepali News for the People.
News
Labels:
News



