काठमाडौं – बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाको (स्काइ ट्रक) विमान दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । आर्मी ४८ कलसाइन भएको यो सैनिक विमानकी सहचालक सहसेनानी अमृता आले र स्टेवार्ड पुर्ण बहादुर खड्का गम्भीर घाइते भएका छन् ।
मृतक क्याप्टेनसहित दुबै घाइतेलाई सिता एयरलाइन्सको डोर्नियर विमानले दिउसो १ बजेर २२ मिनेटमा नेपालगंज ल्याएको छ । बुधबार सिमकोट विमानस्थलका लागि सुर्खेतबाट सेनाको स्काई ट्रक तथा नेपालगंजबाट गोमा एयरलाइन्सको लेट विमान र सिता एयरलाइन्सको डोर्नियर विमान मौशम खराबीका कारण डाइभर्ट भएका थिए । यीमध्ये गोमा सिमकोट नपुगी नेपालगंजतर्फ फर्केको थियो भने सिता कोल्टीतर्फ डाइभर्ट भएको थियो । ‘उताको मौसम खराब भएपछि हाम्रो जहाजले साढे १२ बजे कोल्टीमा अवतरण गर्यो, यस्मा मानसरोबरकालागी उडेका भारतीय तिर्थयात्री थिए, अहिले कोल्टीमा ओर्लिएका छन, उनीहरुलाई ल्याउने विमान मृतक र बिरामी बोकेर नेपालगंज फर्कियो
सिताले अवतरण गरेको २ मिनेटपछि सेनाको स्काईट्रक कोल्टी आइपुगेको थियो । ‘अवतरण गर्न लागेकाबेला यस्ले धावनमार्गको टचडाउन मार्क भन्दा धेरै माथी आएर मात्रै टेक्यो, आधा धावनमार्गमा पुगेर टेकेकाले यो धावनमार्गबाट बाहिर गहु खेतमा पुग्यो ’ । जहाजमा आगलागी भने भएन ।
सेनाको जहाजमा चामल र कुखुुराको मासु थियो । यी सामानसहितको कार्गो बोकेर यो विमान सुर्खेतबाट उडेको थियो ।
Tuesday, May 30, 2017
Home
/
News
/
बाहिरियो दुर्घटना भएको जहाजको भिडियो : बाजुरामा सेनाको जहाज दुर्घटना, क्याप्टेनको घटनास्थलमै मृत्यु, दुइजना घाइते (भिडियोसहित)
बाहिरियो दुर्घटना भएको जहाजको भिडियो : बाजुरामा सेनाको जहाज दुर्घटना, क्याप्टेनको घटनास्थलमै मृत्यु, दुइजना घाइते (भिडियोसहित)
Tags
# News
Nepali Music Video
We Publice Nepali News for the People.
News
Labels:
News