Breaking

Tuesday, May 30, 2017

बलात्कारका घटनासँग हरेक दिन लडिरहेकी छु : केकी अधिकारी

सेलिब्रिटी समाजकै परिमित अनुहार नै हुन् । तिनै अनुहारलाई लाखौंले पिछा गरेका हुन्छन् । त्यस्तै केकी अधिकारी नेपाली चलचित्र क्षेत्रमा छोटो समयमै धेरै फ्यान कमाउने नायिका हुन् । उनी यतिबेला समाजप्रति उत्तरदायी बन्नुपर्ने धारणा राख्दै आएकी छिन् । रातोपाटीका सुदीप विश्वकर्मा र सरिता कार्कीसँग उनले भावुक हुँदै भनेकी छिन्, ‘७ वर्षकी बालिकालाई समेत अमानवीय व्यवहार हुन्छ, निर्वस्त्र कतै मर्न फालिएको हुन्छ, त्यो समाचार पढ्दा कसको मन छिया–छिया हुँदैन ?’ केकीसँग यिनै समाजिक विषयहरुमा केन्द्रीत रहेर गरिएको कुराकानी अंशः

मान्छेको जीवन खुसी, दुःख, हाँसो, आँसुले उडान भरेका हुन्छन् । केकी अधिकारी पनि कुनै खुसीका क्षणले उडेकी छे ?

जीवनकै सबैभन्दा खुुुसीको क्षण भनेको मेरो पढाइसँग सम्बन्धित छ । कहिलेकाँही त निकै स्वार्थी भएको जस्तो पनि लाग्छ । आफ्नै कुरामा खुसी भएको र आफ्नै कुरामा दुःखी भएको जस्तो तर साधारणतया मानिसहरु यस्तै हुन्छन् । सबैभन्दा खुसीको क्षण म एसएलसीको रिजल्ट आउँदा भएको थिएँ । हाम्रो आफ्नै स्कुल छ र मैले त्यहाँबाट नै एसएलसी दिएकी हुँ । त्यतिबेला बाबा त्यहाँको प्रिन्सिपल हुनुहुन्थ्यो र आमा होस्टेलको इन्चार्ज । सधैँ स्कुलमा फस्र्ट हुन्थे म । तर जहिले पनि आफूले गरेको मिहिनेतभन्दा भन्दा पनि प्रिन्सिपलको छोरी भएकाले फस्र्ट भएको भन्ने कुराहरु सुन्नु पर्दथ्यो । प्रिन्सिपलकै छोरी भएका कारण साथीहरु पनि धेरै नबन्ने किनभने साधारणतया हाम्रोमा यो बुढा, त्यो बुढा भनेर शिक्षक अथवा प्रिन्सिपलको कुरा काट्ने प्रवृत्ति हुन्छ । मेरो अगाडि भयो भने कुरा काट्न पनि मिलेन । यी कारणहरुले गर्दा पनि मेरा सिमित साथीहरु थिए । फस्र्ट हुनुमा ‘उसलाई सबै प्रश्नपत्रहरु थाहा हुन्छ’ भन्ने कुराहरु मिल्ने साथीकै मुखबाट पनि सुन्ने गर्दथेँ । त्यसकारण एसएलसी दिनु मेरो लागि निकै ठूलो चुनौती थियो । एसएलसीमा पूरै स्कुलबाट मेरो पहिलो पटक डिष्टिङ्सन (८६ प्रतिशत) आयो । त्यतिबेला आमाको आँखामा खुसीको आँसु देखेको थिएँ, त्यो पल म कहिले पनि बिर्सन सक्दिनँ । त्यस क्षण मलाई के लागेको थियो भने जिन्दगीमा पहिलोपटक मैले आमा–बुवालाई खुसी दिएँ । किनभने त्यस्ता क्षणहरु मानिसहरुले सधैँ प्राप्त गरेका हुँदैनन् । त्यो क्षण मलाई अहिलेसम्म पनि याद आउँछ । कुनै त्यस्तो क्षणमा फर्केर जान चाहन्छौ भनेर यदि भगवानले सोध्नु हुन्छ भने म सायद त्यहि क्षणको नाम लिन्छु होला । अहिले सोच्दा लाग्छ, हुन त त्यो खासै त्यस्तो केहि ठूलो उपलब्धी पनि होइन तर त्यो पलको लागि त्यो खुसी भनेको अमूल्य थियो ।

त्यो खुसी तपाईंले कसलाई बाँड्नुभयो ?

पक्कै पनि आमा–बुवासँग नै साटेँ । बाबा–आमाको अनुहारमा देखिएको त्यो खुसीको क्षणले मलाई यत्रो दिनसम्म मैले आफ्नै मिहिनेतले गरेको रहेछु भन्ने भाव पैदा भयो । त्यति मात्र होइन भए जत्तिका सबै भावहरु एकैपटक आए । त्यसकारण त्यो क्षण मेरो लागि प्राइसलेस नै थियो ।

मानिसहरुको जीवन अन्य सम्बन्धको सांग्लो (चेन)ले नियन्त्रण गर्छ । केकी अधिकारीको त्यस्तो चेन के हो ?
त्यो अधिकार त केवल बाबा–आमालाई मात्र दिइएको हुन्छ एउटा निश्चित समयसम्ममा । अहिलेसम्म त्यो अधिकार बाबा–आमालाई मात्र छ, कि त म स्वयम्लाई नै छ किनभने म यस्तो वातावरणमा हुर्किएको छु जहाँ मेरो बाबाले स्वतन्त्रता भन्ने कुरा मानिसहरुले जन्मँदै लिएर आएको एउटा मात्र अधिकार हो भन्नुहुन्छ । त्यो कसैले पनि खोस्न पाउँदैन । तर एउटा व्यक्ति अल्मलिन्छ, एउटा अनुभव भएको मानिसले जहिले पनि बाटो देखाउनुपर्ने हुन्छ नत्र त जिन्दगीमा थुप्रै गल्तीहरु हुन सक्छन् र पश्चाताप गर्नका लागि हाम्रो जीवन एकदम छोटो छ । हो, त्यहि पश्चाताप गर्न नपरोस् भन्नका लागि एउटा गाइडलाइन चाहिन्छ । गाइड गर्ने हामी आफैँ हौँ । आफ्नो निर्णयहरु आफैँ लिने हो । गल्ती हुन्छ, आफैँ रिग्रेट गर्ने हो र आफैँ सिक्ने हो । जहिले पनि बाबाले मलाई त्यसरी नै प्रोत्साहन दिने गर्नुहुन्छ त्यसकारण म बाबाको विचारहरुबाट एकदम प्रभावित भएको मान्छे हुँ । बाबा आफैँ पनि धेरै राम्रो लेखक हुनुहुन्छ । धेरै राम्रो साहित्यको अध्ययन गर्ने व्यक्ति हुनुहुन्छ, त्यो कारणले गर्दा पनि मलाई सिक्नको लागि अन्त कतै जानको लागि भन्दा पनि मेरो घरमा नै सबैभन्दा ठूलो शिक्षक हुनुहुन्छ जस्तो लाग्छ ।

आफैले आफूलाई बाँध्न कति जरुरी छ ?

हो, आफूले आफैँलाई पनि सधैँ नियन्त्रणमा राख्न जरुरी छ । किनभने तपाईं सधैँ आफूसँग मात्र हुनुहुन्न, एउटा सिमित वातावरणमा हुनुहुन्छ । साथीहरुबीच पनि भिन्न–भिन्न नेचरका मानिसहरु हुने गर्दछन्, त्यसकारण तपाईंले आफैँले आफैँलाई नियन्त्रणमा राख्नुभयो भने मात्र तपाईं अनुशासनमा बस्न सक्नुहुन्छ र तपाईं सधैँ सही बाटोमा हुनुहुनेछ । कहिलेकाँही गलत बाटोमा पनि हुनसक्नुहुन्छ तर त्यसबाट सिक्ने तर फर्केर आउन सक्नुपर्छ । बरु फर्केपछि सबैलाई सल्लाह दिनुपर्छ त्यो गलत बाटो हो भनेर ।

कसैलाई पनि थाहा नभएको तपाईंको अन्य कुनै विशेषता ?

मैले एसएलसी दिँदासम्म एकदम धेरै कविताहरु लेख्ने गर्थें, त्यतिबेला लेखेका कविताहरु अहिले मलाई त्यति मिनिङफुल त लाग्दैन । मैले अस्ति मात्रै एक अंग्रेजी दैनिक पत्रिकाको सम्पादकसँग भेट गरेको थिएँ ।

‘महिलाहरुले भोट गर्ने तर श्रीमानको रिफ्ररेन्सको आधारमा भोट गर्ने अनि कसरी महिला अधिकार पाइन्छ ?’

भनेर मैले एक कार्यक्रममा मुद्दा उठाउँदा सम्पादकले महिलाको बारेमा लेख भन्नु भयो । अब छिटै लेख्दै छु ।

पुस्तक पढ्न कसैको उत्प्रेरणा छ ?

बाबाले जहिले पनि बाहिरको संसारलाई बुझ्नको लागि पहिला घरको अध्ययन गर्न जरुरी हुन्छ भन्नुहुन्छ । उहाँले नै जहिले पनि मलाई नेपाली पुस्तक–पुस्तिका पढ्नको लागि प्रेरित गर्नुहुन्छ । सायद मैले कहिलेकाँही अंग्रेजी किताबहरु ल्याएको दखेर पनि बाबाले यस्तो भन्नुभएको होला । तर बाबाले यो किताब नै पढ्नुपर्छ भनेर कहिले पनि दबाब दिनुभएको छैन । यो कुरामा पनि उहाँले स्वतन्त्रता दिनुभएको छ । बाबाले नेपाली किताबहरु आफूले पढ्ने बित्तिकै मलाई छोडिदिनुहुन्छ र पढ्न प्रेरणा दिइरहनुहुन्छ ।

अहिले कुन पुस्तक पढ्दै हुनुहुन्छ ?

अहिले भर्खरै मात्र मैले थेसिसको काम सुरु गरेकी छु । त्यसकारण मैले आजकाल कुनै पनि किताबहरु पढेकी छैन । पछिल्लो पटक मैले पढेको भनेको अंग्रेजी किताब नै हो । पाउलो कोहेलोको ‘इलेभेन मिनटस्’ । त्यसपछि म थेसिसमा नै लागेँ । तर पुस्तकहरु खात लागेर भने बसिरहेका छन् । बहाना पनि पाइरहेको छु, थेसिस छ भनेर । आफँैलाई पनि झुट बोल्दै, अरुलाई पनि झुट बोल्दै बहाना बनाइरहेको छु ।

झुट त चाहँदा नचाहँदै धेरै नै बोलिन्छ किनभने प्रविधिले नै सजिलो बनाइदिएको छ । अहिले यो फोनको माध्यमले होस् वा हरेक चीजमा होस् मानिसहरुले दिनमा धेरैपटक झुट बोल्छन् । सबैभन्दा बढि झुट मानिसहरुले सन्चै छु भन्ने शब्दमा बोलिरहेका हुन्छन् ।

झुट कत्तिको बोल्नुहुन्छ ?

झुट त चाहँदा नचाहँदै धेरै नै बोलिन्छ किनभने प्रविधिले नै सजिलो बनाइदिएको छ । अहिले यो फोनको माध्यमले होस् वा हरेक चीजमा होस् मानिसहरुले दिनमा धेरैपटक झुट बोल्छन् । सबैभन्दा बढि झुट मानिसहरुले सन्चै छु भन्ने शब्दमा बोलिरहेका हुन्छन् । मानिसहरु सबै सधै सन्चै हुँदैनन् । मानिसहरुलाई धेरै प्रकारको शारिरिक र मानसिक तनाव भइरहेको हुन्छ । यस्ता कुराहरु मानिसहरुलाई साधारण लाग्न थालिसकेका छन् तर आखिर झुट भनेको झुट नै हो नि, होइन र ? (हाँस्दै) प्रविधिले मानिसहरुलाई निकै धेरै झुटो बनाएको छ । जति नै यसको विशेषता छ यो सँगै यसका अवगुणहरु पनि आउने गर्दछन् । यिनीहरु एउटै सिक्काका दुई पाटाजस्तै हुन् । हामीले के कुरालाई बढि प्राथमिकता दिने भन्ने हो ।

तपाईंको दुई नाम ‘केकी र केकु’ को फरक परिभाषा के हो ?

केकीको अर्थ संस्कृत शब्द हो । जब मेरो जन्म भयो त्यतिबेलादेखि नै बाबाले मेरो जन्मपश्चात एक्साइटेड भएर मेरो नाम खोज्नतर्फ लाग्नुभयो । बाबा नेपाली साहित्यलाई निकै माया गर्ने भएकाले छोरीको नाम राम्रो र अर्थपूर्ण नेपाली शब्द नै राख्छु भन्दै नेपाली शब्दकोश पल्टाउनेतिर लाग्नुभयो । जब बाबाको आँखा केकीमा अडियो त्यसको अर्थ मयुर अर्थात सुन्दर नाच गर्ने चरा जसले अरुलाई खुसी छर्छ भन्ने थाहा पाउँदा छोरीको नाम यहि नै राख्छु भन्ने अठोट गर्नुभयो । यो नाम सुनेर आमा चाहीँ खुसी हुनुभएन । यसका लागि बाबाले आमालाई कन्भिन्स गर्नुभयो । म आफैँ पनि कति रुन्थेँ बाबासँग यो कस्तो नाम राखिदिएको भनेर । ‘बरु तपाईंलाई त्यस्तै अल्छी लागेको भए मेरो नाम कमला नै राखिदिएको भए हुन्थ्यो । अरु अप्सन किन खोज्नुभएन’ भनेर बाबासँग रिसाउने गर्दथेँ । यो विषयमा बाबाले मलाई थुप्रै सुन्दर उदाहरण दिने गर्नुहुन्थ्यो । सानोमा त म मान्दिनथेँ तर ठूलो हुँदै गएपछि म बाबाको कुरामा कन्भिन्स भएँ । आमाले सजिलोको लागि र मायाले केकु भनेर बोलाउनुहुन्छ । केकु चाँहि त्यहाँबाट आएको भन्नुपर्छ । मलाई संसारकै सबैभन्दा सुन्दर लाग्ने नाम केकु हो ।

मानवीय सम्बन्धहरु कस्तो हुनुपर्छ ?

यो आफैमा गाह्रो प्रश्न हो । नचाहेर पनि सम्बन्धहरुलाई परिस्थितिले प्रभाव पार्छ, चाहे मेरो आमासँगको आत्मिय सम्बन्ध नै किन नहोस् । मानवीय सम्बन्ध भनेको मान्छेले मान्छेलाई दिने सम्मानको कुरा हो । जहिले पनि अर्को मान्छे के हो, कताबाट आएको हो, ब्याकग्राउण्ड के हो, यस्ता सबै छोडेर गरिने आदर सम्मानको सम्बन्ध नै मानवीय सम्बन्ध हो जस्तो मलाई लाग्छ । मैले तपाईंलाई दिने सम्बन्ध तपाईं कुन जातको हुनुहुन्छ, कुन आर्थिक स्तरको हुनुहुन्छ, त्यो चिजसँग सम्बन्धित हुनुहुँदैन ।

तपाईंको नजरमा आमा बुवा को हुन् ?

आमा र बुवा सबैभन्दा ठूलो गाइडलाईन्स हो । मेरो खुसी बाँड्ने आधार, दुःख बाँड्ने आधार हुन् । मेरो लागि उहाँहरु भगवान नै हुनुहुन्छ । जतिखेर जे पर्दा पनि नपर्दा पनि मसँगै हुने साहारा हुनुहुन्छ ।

आमा र बुवाबीचको सम्बन्ध कस्तो छ ?

एकदमै राम्रो छ । त्यो भएर पनि म विवाहसँग प्रभावित छु । २०४५ मा अरेन्ज म्यारिज भएको थियो मेरो बाबा र आमाको । एकदम इन्टे«स्टीङ ट्विस्ट थियो । त्यतिखेर मेरो बाबाले खास गरि ठूलो मामुलाई हेर्न जानुभएको थियो । सामान्यतया जसको विवाह हो, उ त संयम भएर प्रस्तुत हुन्छ । तर, मेरो आमालाई केटा हेर्न आएको कुरामा केहि मतलब थिएन र आफू जे हुनुहुन्छ त्यसरि नै प्रस्तुत भइरहनु भएको थियो । मेरो बाबालाई त्यो कुराले आकर्षण गरेछ । घर पुगेपछि मेरो बाबाले हुन्छ, ठिक छ, म विवाह गर्न त तयार छु तर उसँग होइन उनको बहिनीसँग भन्नुभएछ । त्यसरी मेरो बाबा आमाको विवाह भएको हो । हुन त जे लेखिएको छ त्यहि नै हुने रहेछ । दुई वटा दिदी हुँदाहँुदै पनि अगाडि नै मेरो आमा र बाबाको बिवाह भएको थियो । (हाँस्दै…) तर मेरो आमा र बाबाको जुन प्रकारको सम्बन्ध छ त्यसले व्यक्तिगत रुपमा मलाई प्रेरित गर्छ । सानो तिनो मनमुटाव भनेको सम्बन्धमा जहिले पनि हुने कुरा हो । तर, चिजलाई सम्बन्धमा आवश्यक छ भनेर मेरो बाबा आफैँ बुझाउनुहुन्छ । उहाँ, जहिले पनि घरमा गाइड गर्ने सम्झाउने गर्नुहुन्छ । मेरो बाबा सहनसिलता निकै धेरै भएको मान्छे हुनुहुन्छ ।

बाबा–आमाको मागी विवाह भन्नु भयो, तपाईं चाहिँ के प्रिफर गर्दै गर्नुहुन्छ ?

म मागी विवाहलाई पनि एकदमै सम्मान गर्छु तर अहिलेको समय भनेको त्यो बेला भन्दा निकै फरक भइसकेको छ । यदि बुझ्ने मान्छे आउँछ र मागी विवाह हुन्छ भने पनि कुनै समस्या छैन । तर लभ पछिको अरेन्ज मलाई बढि स्वीकार्य छ ।

छ कोहि त्यस्तो ?

अहिलेसम्म छैन । जे चिजको लागि पनि राईट टाईम आउँछ । त्यो राईट टाइम कुरिरहेको छु ।

तपाईंलाई बलिउड नायक–नायिकामध्ये कसैको सम्बन्ध याद छ ?

काजोल र अजय देवगनको सम्बन्ध मलाई एकदमै आदर्श लाग्छ । जुन प्रकारले उनीहरुको सम्बन्ध स्थापित भयो । फिल्मी स्टाइलमा प्रेम सम्बन्ध विवाहमा परिणत भयो र विवाह पछि पनि त्यो सम्बन्ध राम्रो भयो । दुवैजना एक्टिभली फिल्ममा लागिरहनु र बच्चाहरु पनि हुर्काइरहनु भएको छ । मलाई यो जोडिले निकै प्रभावित बनाएको छ ।

तपाईंको निकट साथी वा परिवार भित्र कसैबीचको सम्बन्धहरुको बारे केहि याद छ ?

मेरो निकटमा त्यस्तो कसैको सम्बन्ध बारे याद छैन । मैले त्यस्तो बिग्रिएको सम्बन्धहरुबाट आएका तितो कुराहरु सुनेको छैन । म घर आउँदा एकदम राम्रो सम्बन्ध देख्छु, कतै दुखी भएको अवस्थामा मलाई घरको उदाहरणले सम्झाउने शब्दहरु दिन्छन् । त्यहि भएर होला मेरो लागि विवाहको सकारात्मक पक्ष बढी हावी हुन्छ ।

तपाईंलाई गहनाको रहर कत्तिको लाग्छ ?

मलाई गहनाको कुनै रहर छैन, म धेरै गहना लगाउँदिन पनि । यो एउटा लगाउँछु (औंलामा भएको औंठी देखाउँदै) । किन भने मलाई एसएलसी दिने बित्तिकै मलाई मेरो आमाले दिएको गिफ्ट हो । त्यतिबेलादेखि नै यो मेरो औंलामा छ । ज्योतिषले पनि मेरो शरिरमा पहेँलो नछुटाउनु भन्नु भएको छ । त्यसकारण आमाले पनि मैले यो सधैँ लगाओस् भन्ने चहानुहुन्छ ।

सुन अहिले तोलाको कति छ, थाहा छ ?

अहँ, मलाई त्यो चिजहरु खासै याद छैन । हुन त इकोनोमीमा सुनको मूल्यले ठूलो प्रभाव पारेको हुन्छ । तर मलाई तोलाको यति नै छ भन्ने चाहिँ खासै थाहा हुँदैन ।

नुनको मूल्य बारे कत्तिको हेक्का छ ?

नुनको मूल्य पनि थाहा छैन किनभने मलाई किचेनको आइटमहरुबारे केहि पनि थाहा छैन । यसमा मलाई जिरो नै भन्दा हुन्छ । कहिल्यै बजारमा गएर केहि किनेको नै छैन । साग पनि किनेको छैन, नुन पनि किनेको छैन, चिनि पनि किनेको छैन ।

के थाहा छ त ?

मलाई पेट्रोल चाहिँ थाहा छ । १ सय १९ जति छ होला अहिले । चलचित्रमा तपार्इंले धेरै पात्रहरु बनेर अभिनय गर्नु भएको छ ।

वास्तविक जीवनमा केकी अधिकारीको क्यारेक्टर के हो ? रिल र रियल लाईफ क्यारेक्टरबीचको फरक ?

त्यो पात्र रिलमा एउटा परिवन्धमा हुन्छ । उसले गर्ने चिजहरु, हाँस्ने लिमिटेसन्स, रुने लिमिटेसन्स हुन्छ । रियल लाईफमा कुनै रोकटोक हुँदैन । म जति चाहे त्यति हाँस्न सक्छु । मलाई दुःख परेको बेला म जति चाहे त्यति रुन सक्छु । बाहिर मेरो जीवन हो भने रिलमा डाईरेक्टरको जीवन । रिल लाईफमा तपाईं जे हो त्यसलाई दबाउने कोशिस गरिन्छ । रियल लाईफमा तपाईं जे हो त्यहि अभिव्यक्त हुन्छ ।

कुनै पात्र छ जसले म आफैँ हो जस्तो फिल गराएको छ ?

यो सन्दर्भमा चाहिँ आफूलाई एकदम लक्की ठान्छु । करियरको स्टार्टिङ फेजमा धेरै पात्रहरुको भूमिका खेल्ने मौका पाएको छु । मै सँग मिल्दो जुल्दो भूमिका मेरो पहिलो फिल्म ‘स्वर’ लाई लिन सकिन्छ । निशाको जनु भूमिका निभाएको थिएँ, त्यो क्यारेक्टरले म आफैँ हो कि भन्ने भान गराउँथ्यो ।

म जहिल्यै पनि समानताको लागि विश्वसँगै झगडा गर्नु परे पनि तयार हुने खालको मान्छे हुँ । असमानता म सहन सक्दिनँ । चाहे त्यो मेरो घरमै किन नहोस्, मेरो आवाज एकदम ठूलो उठिरहेको हुन्छ ।

जीवनमा कहिल्यै तपाईंले महिला हिंसा वा पिडितको पक्षमा बोलेको वा त्यसविरुद्ध खेलेको घटना छ ?

महिलाको लागि भनेर कुनै संस्थामार्फत विशेष रुपमा केहि गरेको छैन । तर पनि म महिलावादी सोचको मान्छे हो । म जहिल्यै पनि समानताको लागि विश्वसँगै झगडा गर्नु परे पनि तयार हुने खालको मान्छे हुँ । असमानता म सहन सक्दिनँ । चाहे त्यो मेरो घरमै किन नहोस्, मेरो आवाज एकदम ठूलो उठिरहेको हुन्छ । एउटा अवसर पाएर एक्टर हुन कति संघर्ष गर्नुपर्छ । कतिजनासँग मैले उत्तर दिनु परिरहेको हुन्छ । महिलाले यहाँ दोब्बर संघर्ष गर्नु परिरहेको हुन्छ । मलाई सबै भन्दा दुःख लाग्ने घटना भनेको रिहानाको घटना हो । छोरी पनि लग्नु छ, दाईजो पनि चाहिएको छ र त्यसको लागि ऊ जल्नुपर्छ । यस्ता विषयमा दुःख व्यक्त गर्ने वा घटनालाई व्याख्या गर्ने शब्दहरु ।

तपाईंले के गर्नुभयो त्यस्ता घटना पिडितको लागि ?

धेरै गर्न त सकेकी छैन तर आफ्नो समाजिक सञ्जालहरुबाट सचेतनाको कुराहरु गरिरहन्छु । हरेक पटक समाचारहरुमा बलात्कारका घटनाहरुले प्रथामिकता पाइरहेका छन् । यसका विरुद्ध हरेक दिन म लडिरहेको हुुन्छु । एसीड एट्याकको विरुद्ध बसन्तपुरमा गएको थिएँ । कसैले इन्भाईट गर्नु पर्दैन । यस्तो कुराको लागि आफैँ जान्छु ।

वास्तविक जीवनमा भएका महिला हिंसाका घटनाले रुनु भएको छ ?

अस्ति भर्खरै सिराहामा भएको त्यो घटना कतिसम्म मनै छिया–छिया पार्ने घटना थियो त्यो । ७ वर्षको बालिकालाई त्यस्तो किसिमको व्यवहार हुन्छ, बलात्कारपछि निर्वस्त्र कतै मर्न फालिएको हुन्छ, त्यो समाचार पढ्दा कसको मन छिया छिया हुँदैन (भावुक हुँदै…) । यो एकदम हृदयविदारक घटना हो । हामी सुरक्षाको कुरा गरिरहेको छौँ । मान्छेरुपी जनावरहरुबाट एउटा अबोध बालिका त सुरक्षित छैन भने यहाँ को सुरक्षित छ ?
एउटा महिलाले लुगा छोटो भयो भनेर आरोप लगाइन्छ, ‘केटालाई उक्साईराखेकी थिइ र रेपमा परी’ भनिन्छ भने एउटा लुटिएको बैंकमा पनि बैंकको गल्ती भयो नी । पैसा देखाएर बसिरहेको छ ।

बैंक लुटिनुमा बैंककै गल्ती हो र ? किन बढ्दै छ यस्तो घटना ?

अशिक्षाको कुरा हो । साक्षरता धेरै भएका देशहरुको उदाहरण हेर्नु भयो भने बलात्कारका घटना एकदमै कम भइरहेको हुन्छ । हुन त दिल्ली जस्तो राजधानी ठाउँमा पनि दिनहुँ जस्तो बलात्कारका घटनाहरु सुनिरहेका हुन्छौँ । यसमा महिलाले नै अलिकति उत्तेजक लुगाहरु लगाएर हो भन्ने कुराहरु आउँछन् । मैले अस्ती फेसबुकमा एउटा स्टेटस देखेको थिएँ । एउटा महिलाले लुगा छोटो भयो भनेर आरोप लगाइन्छ, ‘केटालाई उक्साईराखेकी थिइ र रेपमा परी’ भनिन्छ भने एउटा लुटिएको बैंकमा पनि बैंकको गल्ती भयो नी । पैसा देखाएर बसिरहेको छ । बैंक लुटिनुमा बैंककै गल्ती हो र ? यो त त्यस्तै कुरा भयो नि त ।

यस्ता घटना विरुद्ध कतिवटा स्टेटस लेख्नुहुन्छ ?

म थुप्रै लेखिरहेको हुन्छु । यदि तपाईंले मेरो फेसबुक फलो गर्नुभएको छ भने भने पनि देख्नुहुन्छ । पछिल्लो पटक ७ वर्षीय बालिका बलात्कारको घटनाको बारेमा लेखेको थिएँ । त्यसबाहेक एसीड एट्याक भएको मान्छेको जुन स्केच सार्वजनिक भएको थियो, त्यो चिजलाई सक्दो थाहा होस् भनेर पोस्ट गरेको थिए । एउटा घटना, मेरो स्कुटरभन्दा अघि एउटाले सर्टिफिकेट झारेर गएको रहेछ, मैले भेटेँ । जिल्ला शिक्षा तथा अन्य निकायहरुमा खबर गरेँ । तर प्रतिक्रिया राम्रोसँग पाइनँ । त्यसपछि सर्टिफिकेटको फोटो पेजमा हालेँ । मेरो भाइको नम्बरसहित सुचना लेखेँ । ठीक त्यसको ८ घण्टापछि नै मैले सम्बन्धित व्यक्तिलाई दिन सफल भएँ । सधैं गुडमर्निङ भनेर फोटो सेयर गर्नुभन्दा पनि सामाजिक मुद्दाहरुमा बढि जोड दिनुपर्छ भन्ने सोचेको छु ।

नायिका भएपछि मेन्टेन गर्नै प¥यो पार्लर कत्तिको जानु हुन्छ ? कति खर्च गरिन्छ ?

महिनामा एक पटक जान्छु । पार्लरमै महिनाको ५ हजार जति खर्च हुन्छ ।

सामाजिक कार्यमा डोनेट चाहीँ कत्तिको गर्नु हुन्छ ?

मासिक रुपमा यति नै गर्छु भन्ने कुरा आउँदैन र मैले आफै इनिसियटिभ लिएर आफैँले नै सुरुवात गरेको छैन । तर, जसले गर्नु भएको छ त्यसमा साथ चाहिँ दिन्छु ।

आफ्नो कमाईको यति प्रतिशत चाहीँ सामाजिक कार्यमा खर्च गर्छु भनेर छुट्याउनहुन्छ ?

त्यसरी नै त गरेको छैन । तर, अलिकति भएपनि सकारात्मक परिवर्तन गर्छ भन्ने त्यहाँ सहयोग गर्नुपर्छ भन्ने लाग्छ । त्यही भएर सक्ने ठाउँमा गर्छु ।

रक्तदान गर्नु भएको छ ?

अहिलेसम्म दिएको छैन । दुई चोटिसम्म गएँ तर ब्लड प्रेसरको कारणले गर्दा सक्षम भइन । ओ पोजेटिभ युनिभर्सल डोनर भएर पनि अहिलेसम्म डोनेट गर्न पाएको छैन ।

तपाईं त पब्लिक फिगर, प्रशंसकहरु कति छन् ?

यति छन् भनेर यकीन छैन । छोटो समयमा जति उत्साह र माया पाइराखेको छु । यो मैले भगवानको कृपाले नै पाएको हुँ । चुनौती भनेको कसरी प्रशंसकहरुलाई बढाउने भन्ने हो ।

फरक प्रसंग तिर जाउँ, नेपालको पछिल्लो जनसंख्या कति छ ? ६८ मा भए अनुसार त, दुइ तीन करोड छ की ?

राजनीतिले सबै कुराको निर्धारण गर्छ, यसबाट तपाईं या हामी जो कोहि पनि अछुतो रहन सक्दैनौं भन्छ ।

संविधान निर्माणको विषयमा तपाईंको केही धारणा छ ?

संविधान निर्माणको विषयमा मैले देखेको पहिलो कमजोरी भनेको राजनीतिक नेताहरु इमानदारिताको कमी हो । इमानदारीताको कमी भएका मान्छेहरु पदमा भएका कारणले संविधान नबनेको हो । त्यसका लागि हामी सबै उत्तिकै जिम्मेवार छौँ । हामीले नै भोट गरेर पठाएका हौँ । सबैको कमजोरीको कारणले गर्दा संविधान बनेको छैन ।

संविधानका विवादीत विषयहरु के–के हुन्, थाहा छ?

जातीयताको कुरामा विवाद भएको जस्तो लाग्छ । एक्ज्याक्टली अरु प्वाइन्टहरु मलाई राम्रोसँग थाहा छैन ।

कुनै नेतालाई भेटेर सुझाव दिनु भएको छ ?

अहिलेसम्म छैन । त्यस्तो मौका जुरेको छैन ।

जुरेको खण्डमा कसलाई भेट्नु हुन्छ ?

जुरेको खण्डमा म गगन थापालाई भेट्न चाहन्छु । उहाँ ठूलो पार्टीमा हुनुहुन्छ । ठूलो पार्टीमा रहुन्जेल उहाँले आफै परिवर्तनको नेतृत्व गर्न गाह्रो देखेको छु । उहाँले छुट्टै पार्टी खोलेर नेतृत्व गरेर जानुभयो भने राम्रो हुन्छ । उहाँप्रति विश्वास पनि छ ।

तपाईं सदस्य लिन तयार हुनुहुन्छ ?

त्यस्तो सदस्यताको कुराहरु त निकै नै परको हो । नेपाली राजनीतिले अहिले यस्तै अपेक्षा गरेको हुनाले यो कुरा गरेको हो । सदस्यता नै लिएर क्रियाशिल भएर लाग्ने चाहीँ सोचहरु छैन ।

तपाईंलाई गणतन्त्र आएको प्रति कत्तिको विश्वास छ ? गणतन्त्र आयो भनेर कसरी भन्ने खोई ?

हामी यस्तो ठाउँमा छौं जहाँ हरेक दिनका समाचारहरुले स्वतन्त्रतामाथि प्रश्न गरिरहेको छ । सार्थक गणतन्त्र आएकै हो त भन्ने प्रश्न नै छ ।

तपाईंले खोजेको स्वतन्त्रता कस्तो हुनुपर्छ ?

स्वतन्त्रता भनेको अर्काको अधिकारलाई हनन् नगरी आफ्नो अधिकार पूर्ण रुपमा प्रयोग गर्न पाउने हो । जुन चिज यहाँ एकदमै कम भइरहेको छ ।

केकी अधिकारी खुसी बन्नको लागि कस्तो अवस्था आउनुपर्छ ?

अहिलेको अवस्थामा खुसी भनेको तिमी सुन्दर देखिन्छौ, भनेर हुँदैन । अहिले कामको प्रशंसा भयो भने सबैभन्दा खुसी लाग्दो रहेछ । तीन वर्ष अगाडी जस्तो थिएँ अहिले त्यस्तो छैन । मैले कलेज सिद्धाएर करियर स्टार्ट गर्दा तिमी कति राम्री देखिएको यो भिडियोमा भन्दा कति फुरुङ्ग हुने गर्दथेँ । जसले सही तरिकाले मलाई लागेको चिजहरु भन्दिन्छ वा आफूले याद नै नगरेका कुराहरु कसैले भनिदिएको छ भने पनि खुसी हुन्छु । अहिलेको अवस्थामा यस्तो चिजहरुले नै बढि खुसी दिँदोरहेछ । जेन्युन आलोचनाले खुसी हुन्छु । रातो पार्टी बाट ……