लुक्ला, जेठ १३ – सोलुखुम्बुको लुक्ला विमानस्थलमा विमान दुर्घटना भएको छ । काठमाडौंबाट गएको गोमा एयरको बिमान अवतरणका क्रममा विमानस्थलमा नै दुर्घटना भएको हो ।
विमान अवतरण गर्ने क्रममा विमानस्थलमा ठूलो आवाज आएको आफूले सुनेको प्रत्यक्षदर्शीले बताएका छन् । ‘म बाहिर बसिरहेको थिएँ एयरपोर्टकै छेउमा छ मेरो ड्रिमल्याण्ड लज एण्ड रेष्टुरेन्ट । अलि बेग्लै आवाज आएपछि मैले यसो हेरें, एयरपोर्ट बादलले ढाकिएको थियो ।
परैबाट अलि होचो गरी आएको देखें’ प्रत्यक्षदर्शी दावा शेर्पाले भन्नुभयो ‘अवतरण गर्नै लाग्दा अलि जहाजको अघिल्तिरको भाग उठाएको देखें, हवाईजहाज उठाउने क्रममा हेर्दा हेर्दै पुच्छर ठोक्कियो र त्यहाँबाट धुलोको उडेको देखें । त्यसपछि मानिसहरु त्यतै तर्फ गए । होटलमा कोही नभएको हुनाले म दुर्घटना भएको ठाउँमा जान चाहिं पाइरहेको छैन । पर आवाज आयो ।’