Breaking

Saturday, May 27, 2017

दुर्घटना भएको विमान चालक दलका तीनजना : गोमा एयर


काठमाडौं, जेठ १३ – सोलुखुम्बुलको लुक्लामा गोमा एयरको कार्गो विमान दुर्घटना भएको छ । विमानमा चालक दलका तीन जना सदस्यमा मात्रै रहेको गोमा एयरले जनाएको छ । अहिलेसम्म विमान परिचारिका प्रज्ञा महर्जन, सहचालक सृजन मानन्धर र चालक पारस राई विमानमा रहेको गोमा एयरले जनाएको छ । ९ एन एकेवाइ कलसाइनको विमान दुर्घटना भएको हो । विमान सहचालक र परिचारिकालाई उद्धार गरी अस्पताल लगिएको छ । तर चालक पारस राईको उद्धार प्रयास भइरहेको छ । शनिबार दिउँसो दुई बजेर चार मिनेट जाँदा दुर्घटना भएको गोमा एयरले जनाएको छ ।