जेष्ठ १३, २०७४- धावनमार्ग नजिकै रूखमा ठोक्किन पुगेको गोमा एयरको नाइन एनकेए कल साइन भएको (समिट एयर) शनिबार लुक्ला विमानस्थलमा दुर्घटना हुन पुगेको छ । भाँच्चिएर दुई टुक्रा भएको विमानमा रहेका तीनै जना चालक, सहचालक र परिचारिकाको उद्धार गरिएपछि उपचारका क्रममा चालक पारस राईको मृत्यु भएको छ । सहचालक सुजन मानन्धर र परिचारिका प्रज्ञा महर्जनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लैजाने अबेरसम्मको प्रयास खराब मौसमका कारण सफल हुन सकेन ।
काठमाडौंबाट लुक्लाका लागि कार्गो लिएर उडेको विमान अवतरण गर्ने क्रममा धावनमार्ग नपुग्दै डिलमा रहेको सल्लाको रूखमा ठोक्किएर धावनमार्गको तारजाली नजिकैबाट १० मिटर जति तल खसेको प्रत्यक्षदर्शीले ङिमाटासी शेर्पाले बताए । विमान भाँच्चिएर दुई टुक्रा भएकाले उद्धार गर्न एक घण्टाभन्दा बढी समय लागेको थियो । परिचालिकाको सुरुमै उद्धार भए पनि ककपिटभन्दा अघि र पछिको भाग छुट्टिने गरी भाँच्चिएकाले चालक र सहचालकको उद्धारमा समय लागेको एक प्रहरीले बताए ।
चालक राईको लुक्लास्थित पासाङल्हामु निकोलनिकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । सहचालक मानन्धरको अवस्था परिचारिका महर्जनको भन्दा गम्भीर छ । महर्जन दोहोरो बोल्न सक्ने अवस्थामा छिन् भने मानन्नधर अचेत छन् । उनको टाउको, निधार, च्युँडोलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । ‘थप उपचारका लागि घाइतेहरूलाई राजधानी लाने प्रयास अबेरसम्म गरिए पनि सकिएको छैन,’ जिल्ला प्रहरी कार्यालयका डीएसपी माधव बुढाथोकीले भने । पानी परिरहेको र बाक्लो बादलका कारण साँझसम्म पनि लुक्लाबाट कुनै हेलिकप्टर उड्न सकेको छैन ।
परिचारिका महर्जनलाई थप उपचारका लागि राजधानी लैजान खोजेको एयर डाइनेस्टीको हेलिकप्टरले खराब मौसमका कारण नजिकैको छेप्लुङ गाउँमा आकस्मिक अवतरण गरेको छ । त्यहाँबाट उडान गर्न सक्ने अवस्था नभएपछि स्ट्रेचरबाटै साँझ अबेर प्रज्ञालाई पुन: लुक्ला ल्याउन प्रयास भइरहेको लुक्ला प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक यादवकुमार खडकाले बताए । सहचालक मानन्धरलाई काठमाडांै लैजान अस्पतालमै एयर डाइनेस्टीको अर्को हेलिकप्टर तयारी अवस्थामा रहे पनि मौसमले साथ नदिएपछि उडान हुन सकेन ।
Saturday, May 27, 2017
Home
/
News
/
दुर्घटनाग्रस्त गोमा एयरका सहचालक महर्जन दोहोरो बोल्न सक्ने अवस्थामा छिन् भने मानन्नधर अचेत छन्
दुर्घटनाग्रस्त गोमा एयरका सहचालक महर्जन दोहोरो बोल्न सक्ने अवस्थामा छिन् भने मानन्नधर अचेत छन्
Tags
# News
Nepali Music Video
We Publice Nepali News for the People.
News
Labels:
News