Breaking

Saturday, May 27, 2017

अपडेट : यस्तो आयो भरतपुर महानगरको पछिल्लो मत परिणाम

चितवन, १४ जेठ । भरतपुरको महानगरपालिकाको पछिल्लो मत परिणाम यसप्रकार छ ।
मेयर
माओवादी केन्द्र–रेणु दाहालः ३८,६०५
एमाले देवी ज्ञवाली : ३९,७५०
मतान्तर :१,१४५
उपमेयर
काँग्रेस – पार्वती शाह : ४२३३०
एमाले – दिव्या अचार्य : ३६२१०

 यता काठमाडौँ महानगरपालिकाको मेयरमा एमालेका उम्मेदवारबिधासुनदर शाकय बिजयी भएका छन् । उनले काँग्रेसका उम्मेदवार राजुराज शाक्यलाई हराए भन उपमेयरमा काँग्रेसकी उम्मेदवारहरिप्रभा खड्गी बिजयी भएकी छन् । मतगणना राती २ बजे सकिएको भएपनि उम्मेदवार नहुँदा घोषणा भने हुन सकेको छैन । प्रमुख निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीका अनुसार राति नै मतगणना सकिए पनि उम्मेदवार नहुँदा औपचारिक घोषणा हुन सकेको छैन । ‘हामी तयारी अवस्थामा छौं,’ उनले भने, ‘तर दलका प्रतिनिधि र उम्मेदवार आउनुभएको छैन ।’ अधिकारीले बिहान ६ बजे घोषणाका लागि उपस्थिति हुन शनिबार नै जानकारी दिइएको थियो । वैशाख ३१ गते भएको निर्वाचनको मतगणना वैशाख १ गतेदेखि सुरु भएको थियो । उच्च स्रोतका अनुसार काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका विद्यासुन्दर शाक्य कांग्रेसका राजुराज जोशीलाई झण्डै २० हजार मतले हराउँदै निर्वाचित भएका छन् ।